युएई- नेपाल आइडलका उत्कृष्ट तीन विजेताहरु युएई आइपुगेका छन्। आगामी अक्टोबर ६ गते शुक्रबार युएईको अबुधाबीमा र अक्टुबर ७ गते शनिबार दुबईमा हुने सांगीतिक कार्यक्रमका लागि नेपाल आइडल विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास यूएई आएका हुन्।
नेपाल आइडलबाट उत्कृष्ट बनेपछि युएईबाटै उनीहरुको विश्व सांगीतिक यात्रा सुरु भएको छ। बुद्ध, निशान र प्रतापसँगै नेपाल आइडलका प्रतियोगिहरु प्रमिला राई, अफसर अली र गायिका तृष्णा गुरुङ पनि युएई आएका छन्।
उनीहरुले शुक्रबार आबुधाबीमा ३ बजेदेखि १० बजेसम्म र शनिबार दुबईमा साँझ ७ बजे देखि बिहान ३ बजेसम्म प्रस्तुति दिने कार्यक्रम छ।
‘नेपाली सांगितिक क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेको हौं,’ आयोजक नविन खनालले भने, ‘त्यसैले सबै युएईबासी नेपालीहरु उपस्थित भएर सहयोग गरिदिनुआग्रह गर्छु।’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र नेपाल आइडलका उत्कृष्ट तीन जनासहित अन्य कलाकारहरुको टिकट र बस्न हलको व्यबस्था भइसकेको खनालले जानकारी दिए। (भिडियो)
The post पहिलो इन्टरनेशनल कन्सर्टको लागि नेपाल आइडलको टोली दुबइमा (भिडियो) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.