बससँगै त्रिशुलीमा खस्दाको दृष्य सम्झनु हुन्छ?
‘निकै भयानक!’ दुर्गानन्द बोल्न सक्दैनन्।
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर इमरजेन्सीको एक शैयामा मृत्युलार्इ जितेर केही घण्टादेखि जीवनको भोग गरिरहेका छन् दुर्गानन्द चौधरी।
तर मुत्युलार्इ जितेर आएको उत्साह उनको मुहारमा कतै झल्किँदैन। त्रिशुलीको चिसो पानीमुनि डुबेको बसभित्रको त्यो भयावह दृष्यले बरु उनको मुहारमा मृत्युको भाव नै झल्किरहेको थियो।
राजविरावजबाट काठमाडौं आउँदै गरेको ना६ ख १४६७ नम्बरको बस शनिबार बिहानै त्रिशुली नदीमा खस्यो। बिहानैदेखि चलेको उद्धारको क्रममा दिउँसो ३ बजेसम्म २० जनाको शव फेला परेको प्रहरीले जनाएको छ भने झण्डै दुई दर्जनलाई घाइते अवस्थामा उद्धार गरिएको छ।
यो पनि पढ्नुहोस्
त्रिशुलीले निल्यो एक दशकमा ५ सय ६१ यात्रु
गम्भिर घाइते भएका दुई जनालाई तत्कालै र थप १४ जनालाई दिउँसो काठमाडौं ल्याइएको छ। सुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएका दुईमध्ये एक घाइते हुन् दुर्गानन्द।
आपतकालीन वार्डमा दुर्गानन्दको स्वर अवरुद्ध हुँदै फेरि खुल्यो, ‘यात्रुहरु बिहानीपखको निन्द्रमा थिए। बस निकै स्पीडमा थियो, ड्वाङ्ग केही चिजमा बाजारिएजस्तो आवाज आयो। बस निकै तल खसिसकेको रहेछ, एकैछिनमा पानीमा डुब्यो र हामी निसास्सियौं। त्यतिन्जेल त्रिशुलीको चिसो पानी यात्रुहरुको मुखभित्र पसिसकेको थियो।’
जब त्रिशुलीको चिसो पानी मुखभित्रबाट घर्सिंदै पेटमा पुग्यो दुर्गानन्दलार्इ त्यो विहानीपखको चिसो पानीले पनि भतभती पोलिरहेजस्तो लाग्यो। बसमै रहेका आफ्ना छोरा सम्झिएपछि उनले बेस्सरी छटपटाइरहेका हातखुट्टाहरु लुला हुँदै गइरहेको महसुस गरे।
दुर्गानन्दमात्र होइन बसमा जो जो यात्रु थिए, ती सबै उनी जसरी नै छटपटाइरहेका थिए। दुर्गानन्द त्यो दर्दनाक दृष्य सम्झन्छन्, ‘हामी सबै पानीमा डुबेको बसबाट बाहिर निस्कने प्रयत्न गरिरहेका थियौं, म आफ्नो छोरालार्इ सम्झिरहेको थिएँ, छोरो कता थियो थाहा थिएन्।’
आफु मृत्युको मुखमा हुँदा बच्चा रोइरहेको उनलाई याद छ। कतिपय अभिभावक ‘मेरो बच्चा बचाइदेऊ’ भन्दै गुहार माग्दै थिए।
अस्पतालको शैयामा आइपुगेका दुर्गानन्दलार्इ बिहानको त्यो पल एउटा सपना जस्तै लाग्छ। एकदमै धमिलो स्मृति बाँकी रहेको एउटा विहानीपखको सपनाजस्तै।
दुर्गानन्द जस्तै अरु यात्रुहरु पनि चिच्याइरहेका थिए। त्रिशुलीको पानीमुनि डुबेको बसभित्रका मानिसहरुको कोलाहल ट्रमा सेन्टरको इमरजेन्सीको शैयाबाट सम्झिँदा दुर्गानन्दलार्इ आफू मृत्युको मुखबाट फुत्किएर आएको भन्ने कुनै आभाष नै भएको देखिँदैन।
दुर्घटना स्थल
दश–पन्ध्र मिनेटको समयपछि घटना स्थलमा उद्दार टोली आएर बसको सिसा फुटालेर घाइतेहरुलार्इ निकाल्न थालेको सम्झना छ दुर्गानन्दलार्इ। त्यही मेसोमा आफुलाई पनि निकालिएको धमिलो सम्झना छ उनीसँग।
त्रिशुली नदीको चिसो पानीमा बससँगै डुबेका उनले बाहिर आएपछि आफ्नो छोरो भेट्टाए। त्यसपछि बल्ल उनलाई आफू बाँचेको महसुस भयो।
तर छेवैमा राखिएका थिए मृत शरीरहरू। आफुसँगै यात्रा गरिरहेका मानिसहरुको शव देख्नासाथ फेरि बेहोस भए दुर्गानन्द।
भयंकर ठूलो दुर्घटनाबाट बाँच्न सफल भएका दुर्गानन्द उक्त दुर्घटना हुनुको मुख्य कारण चालक निदाउनु हो भन्ठान्छन्।
‘लामो दूरीको यात्रामा एउटा मात्र चालकले रातभरी बस ड्राइभ गरेका कारण बिहान ड्राइभर निदायो र बस त्रिशुलीमा खस्यो’ ट्रमा सेन्टरको बेडमा रहेका दुर्गानन्दले भने।
नेपाल खबर को सहयोगमा
The post बससँगै त्रिशुलीमा डुबेपछि निस्सासियौं, सिसा फोरेर निकाले’ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.