अस्पतालको बेडबाट आमा खोज्दै १२ वर्षीया निविधता…

धादिङ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको बसका यात्रु बोकेर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको घाटवेशीमा आइपुगेपछि त्रिशूली नदीमा खस्यो।

दुर्घटनामा ३१ जना यात्रु पानीमै डुबेर मरे भने अन्य १६ जना यात्रु पौडी खेलेर बाँच्न सफल भए। बाच्न सफल भएका सबै घाइेत छन्। घाटवेशी दुर्घटनामा पौडी खेलेर बाँच्न सफल सप्तरीकी निविधता चौधरी गजुरी अस्पतालको बेडबाट छिन्छिन्मा आमा खोजिरहेकी छिन्। राजधानीमा व्यवसाय गरेर बस्ने उनको परिवार छठ मानेर राजधानी फर्कदै थियो।

आफूसंगै सिटमा बसेको भाइ अहिले अस्पतालको बेडमा उनीसंगै छन्। तर, छेउमा आमा नहुँदा उनी आमा खोजिरहेकी छिन्। उनीहरु चढेको बस त्रिशुलीमा खसेको र आफूहरु पौडी खेलेर उत्रेको पनि निविधतालाई थाहा छ। तर, उनीहरुबाट आमा प्रभा चौधरी कहिलै नआउने गरी बिदा भएको थाहा छैन।

उनकी आमासहित अघिल्लो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरी राजधानी फर्केका सप्तरीका ३० स्थानीयले भोलीपल्टको सूर्योदय हेर्न समेत भ्याएनन्। यात्रुले खचाखच भरिएको बस धादिङको गजुरी गाउँपालिका ५ घाटवेशी स्थित बाङगेघुम्तीबाट बिहान ५ बजेतिर त्रिशूली नदीमा बज्रिदा ३१ जनाको मृत्यु भएको छ।

गाडीमा यात्रा गरिरहेका अन्य १६ जना यात्रुहरु पौडी खेलेर बाच्न सफल भएका छन्। पृथ्वीराजमार्गबाट बस अन्दाजी २० मिटर तल सिधै त्रिशुली नदीको तालमा खसेको थियो। बस पानीभित्र बेपत्ता भएपछि बसभित्रै च्यापिएरर यात्रुको मृत्यु भएको दुघर्टना लगत्तै उद्धारमा पुगेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए।

उनले भने, ‘दुर्घटनाको खबर पाउने बित्तिकै हाम्रो टोली घटनास्थलमा पुगेको थियो, केही स्थानीयहरु उद्धारमा जुटिसकेका रहेछन्। केही घाइते पौडी खेलेर उत्रिएका थिए, सुरुमा हामीले देखिएका घाइेतजतिलाई अस्पताल पुर्यायौँ त्यसपछि थप सुरक्षाकर्मी मगाएर उद्धार कार्यमा जुट्यौँ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ।

The post अस्पतालको बेडबाट आमा खोज्दै १२ वर्षीया निविधता… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.