ऋषि र सरीताकी ९ वर्षकी छोरीलाई १० फिल्मको अफर

निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरीता लामिछाने वैवाहिक बन्धनमा बाँधिएको २० वर्ष पूरा भएको छ । उनीहरुको यो २० वर्षे यात्रा निकै सुन्दर रह्यो । व्यावसायिक काम देखि घर व्यवहारिक काममा एकले अर्कालाई सहयोग गर्दै अघि बढेका यी दुईको जीवन यात्रा निकै लोभ लाग्दो छ । यी दुईले सानो–सानो कुरा पनि एकअर्कालाई सेयर गर्ने गर्छन् । सरीता भन्छिन्, ‘म त एक सय रुपैयाँको कुचो किन्दैछु भने पनि उहाँलाई भन्छु ।’

घरमा बस्दा पनि काम

लगातार सिनेमा र टेलिसिरियलमा सक्रिय रहेकी सरीताले छोरी हुर्काउनको लाग बीचमा झण्डै ८ वर्ष ब्रेक लिईन् । त्यो समयमा उनले छोरी जन्माईन् र हुर्काईन् । उनी टेलिभिजनमा नआउँदा उनले कामबाट बिदा लिएको भान धेरैलाई भयो । धेरैलाई अब सरीतालाई पर्दामा देख्न नपाउने चिन्ता पनि भयो । तर उनले आमा भएर घरमा छोरी हुर्काईरहेकी थिईन् भने काम पनि गरिरहेकी थिईन् । त्यस अवधिमा एकदमै सिमित र विशेष कामहरु गरेको सरीता बताउँछिन् ।

त्यसबखत केही कामहरु यस्ता आए जसमा सरीता नै हुनु पर्ने माग भयो । यहि माग अनुरुप उनले केही कामहरु गरिन् । उनको सहजताको लागि उनकै घरमा छायाकंन गर्ने व्यवस्था समेत गरिन्थ्यो । खासमा अहिले बसेको घरमा सरीता र ऋषि तीन वर्ष अघि मात्रै सरेका हुन् । त्यसअघि उनीहरु बस्ने घरमा छायाकंन गर्न मिल्ने सुविधा पनि थियो । घर ठूलो थियो । यहि कारण उनले आमा बनेर घरमा बस्दाको समयमा घरमै छायाकंन गर्थिन् । छोरी जन्माएको ९ वर्षमा मुश्किलले छोरीलाई ९ रात छोडेको सरीता बताउँछिन् । अहिले सरीता परिचयमा सक्रिय छिन् । एक महिना अघि देखि ‘परिचय सीजन २’ सुरु भएको छ ।

भाँडा माझेर सघाउँछन् ऋषि

विवाह पछि नै श्रीमती सरीतालाई अभिनेत्रीको रुपमा स्थापित गराएका हुन् निर्देशक ऋषि लामिछानेले । ऋषिले सरीताको व्यावसायिक काममा सहयोग गर्ने कुरामा दुईमत छैन । उनी घरको काममा पनि सरीतालाई सघाउँछन् । मीठो खाना पकाउन नआए पनि सरीतालाई भाँडा माझेर उनी सहयोग गर्छन् । उनी आफूलाई अरु काम भन्दा भाडा माझ्दा एकदमै मजा लाग्ने बताउँछन् । तर कहिले काँही छोरीको लागि केही खाने कुराहरु भने उनले पकाउने गरेका छन् ।

छोरीलाई बाबाको हातको खाना मीठो लाग्ने भएका कारण ऋषिले छोरीको लागि भएपनि खाना पकाउन काम गर्छन् । यस बारेमा सरीता भन्छिन्, ‘बाबाले पकाएको उनले प्राय खान पाउँदिनन् । त्यसकारण कहिले काही बाबाले पकाएको पनि खानुपर्छ भनेर होला । बाबाले पकाएको खाना कति मीठो छ भन्छिन् । उनको त्यो कुरालाई म कसरी बुझ्छु भने, कहिलेकाही बाबाले पकाएको पनि खानुपर्छ भनेर उनले बाबालाई फकाएकी हुन् ।’

हुन त ऋषि र सरीताले सहयोगीको रुपमा शोभालाई राखेका छन् । तर उनी बिहान स्कुल जाने भएका कारण बिहानको खाना पकाउने जिम्मा सरीताको भागमा छ । ऋषिले बिहान उठेर बेड मिलाउने काम पनि गर्छन् । बेलुका सुत्ने समयमा भने बेड मिलाउने जिम्मा सरीताको छ ।

६ वर्ष देखि ऋषिको ड्राईभर सरीता

६ वर्ष अगाडि सानो दुर्घटनामा परेपछि ऋषिले गाडी चलाउन छाडेका छन् । मामाघर बुढानिलकण्ठ जाने क्रममा उकालोको घुम्तीमा गाईलाई बचाउने क्रममा उनको दुर्घटना भएको थियो । त्यससमय देखि सरीताले नै गाडी चलाउँदै आएकी छिन् । ऋषि भने सरीताको छेऊमा बसेर यात्रा गर्ने गर्छन् । तर उनी मोटरसाईकल भने मजैले कुदाउँछन् ।

ऋषिको मोटरसाईकल चलाउने शैलीको बारेमा सरीता भन्छिन्, ‘उहाँले मोटरसाईकल चलाउँदा म तपाईँको श्रीमती पनि छु है पछाडि । घरमा छोरी पनि छिन् । मलाई यहि छोडिदिनु म जान्छु भनेर सम्झाउन पर्ने अवस्था आउँछ । यसमा जिस्किँदै ऋषिले भने, ‘मलाई त गर्लफ्रेण्ड राखेर हिँडेको जस्तो लाग्छ ।’

९ वर्षकी छोरीलाई १० फिल्मको अफर

1छोरीलाई के बनाउने भन्ने विषयमा ऋषिले ९ वर्षको बच्चाको भविष्य अहिले नै कसरी निर्धारण गर्ने भन्दै केही पनि भन्न चाहेनन् । तर सरीताले भने छोरीले यहि क्षेत्रमा केही गरिदिए हुन्थ्यो भन्ने आफ्नो ईच्छा भएको बताईन् । अहिले सम्म उनले जम्मा एउटा दुधको बिज्ञापनमा काम गरेकी छिन् ।

तर उनलाई ९ वर्षको उमेरमा १० वटा सिनेमाको प्रस्ताव आईसकेको छ । केही दिन अघि मात्रै मुख्य भूमिकाकै लागि प्रस्ताव आएको ऋषिले बताए । तर ऋषि र सरीताकी छोरी अभिनय गर्दिन भन्दै तर्किने गरेकीछिन् । दुधको बिज्ञापनमा काम गराउँदा पनि सरीताले दुई दिन लगाएर फकाएकी थिईन् । source: gufgaf

The post ऋषि र सरीताकी ९ वर्षकी छोरीलाई १० फिल्मको अफर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.