यस्तो छ बस दुर्घटना हुनुको मुख्य कारण: एक अधिवक्ता यात्रुको बयान

काठमाडाैं, कात्तिक । “गुरुजी, विस्तारै जाऊ न के हतार छ र ? सबैजना काठमाडौँमा नै पुग्ने हो,” अधिवक्ता दुर्गानन्द चौधरीले बस चालकलाई विस्तारै चलाउन आग्रह गर्दा चालकको जवाफ थियो, “बिहान नागढुङ्गाको जाम जसरी पनि छल्नुपर्छ । ” आखिर यो जवाफ दुखद दुर्घटना निम्त्याउन पर्याप्त भएजस्तो भयो ।

धादिङको गजुरीस्थित बाङ्गेमोडमा शनिबार बिहान भएको ना. ६ ख १४६७ नम्बरको बस दुर्घटनामा बाँच्न सफल सप्तरी सुरुङ्गा–११ निवासी अधिवक्ता चौधरी र उहाँका सुपुत्र अभिषेक चौधरी बस चालक नजिकै क्याबिनमा बसेर यात्रा गरिरहेका थिए ।

दुर्घटनमा ३१ जनाको ज्यान गयो भने कम्तीमा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनभयो ।

बसमा कति जना थिए भन्ने एकीन छैन । राजधानी फर्कने चाप बढेका कारण कम्तीमा ५० जना बसमा सवार भएको अनुमान छ । अझै कति जना नदीमा बेपत्ता छन् भन्ने पनि एकीन नभएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाबारे जान्न चौधरी बाबुछोराका भनाइले धेरै कुरा बताउँछ । बिहान करिब साढे ५ बजे बस त्रिशूली नदीमा खस्दा पिता दुर्गानन्द मस्त निद्रामा र छोरा अभिषेक जागा नै थिए । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका अधिवक्ता चौधरीले भन्नुभयो, “बस दुर्घटना भएर एक्कासि नदीमा खसेपछि मात्र म ब्यूँझेको हुँ । ”

उहाँका अनुसार यात्रु मस्त निद्रामा भएको समयमा बस सडकबाट एक्कासि नदीमा खसेको थियो । बुबा–छोरा अगाडि बस्नुका साथै सिसा फुटेकाले आफूहरू बाँच्न सफल भएको भनाइ उहाँको छ । अभिषेक चौधरी (१९ वर्ष)ले आफू नसुतेकाले पनि नदीबाट पौडेर बाँच्न सफल भएको बताउनुभयो ।

सप्तरीको राजविराजबाट यात्रु बोकेर आएको बसको हेटौँडा बजार नजिकै चक्काको पाता भाँचिएपछि काठमाडौंँबाट रित्तो गइरहेको त्यस बसमा यात्रु राखेर काठमाडौँ फर्किएको थियो । युनाइटेड एकेडेमी ललितपुरमा कक्षा १२ मा अध्ययरत अभिषेकको आरोप छ, “दुर्घटनाको मुख्य दोषी चालक नै हो । ”
रात्रि बस तीव्र गतिमा चलाएपछि अधिवक्ता चौधरीलगायतका यात्रुले नारायणघाट बजार क्षेत्रमा नै चालकलाई विस्तार चलाउन आग्रह गरेका थिए । घाइते अभिषेकले भन्नुभयो, “ओभरटेक गर्ने क्रममा होइन, गति तीव्र भएकाले बस दुर्घटनामा परेको हो । ”

त्यस दुर्घटना परी मर्नेहरूको सङ्ख्या शनिबार बेलुकासम्म ३१ पुगेको छ र तीमध्ये २९ को सनाखत भएको छ । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र १० बालबालिका छन् । सनाखत भएकाहरूमध्ये ११ पुरुष, आठ महिला, पाँच बालक, पाँच बालिका छन् । मृतकमध्ये २९ जनाको सनाखत भएको छ । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।

दुर्घटनामा परी घाइते भएका यात्रुका अनुसार बसमा करिब ५० भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । घाइतेको स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेको छ । चितवन कुरिनटारबाट आएका गोताखोर टोलीले नदीमा बपेत्ताहरूको खोजी गरिरहेको छ ।

बस त्रिशूली नदीमा डुबेकाले अधिकांशको शव गोताखोरहरूले निकालेका थिए । बस निकै गहिरो ठाउँमा डुबेकाले १९ वटा शव निकालेपछि बस क्रेनको सहायताले माथि तानेर बसभित्रको शव निकालिएको थियो । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ ।

The post यस्तो छ बस दुर्घटना हुनुको मुख्य कारण: एक अधिवक्ता यात्रुको बयान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.