१३ सय २८ महिला प्रतिस्पर्धीलाई उछिन्दै सोनाक्षी सिन्हाले लेखाइन् गिनीज बुकमा नाम

एजेन्सी । बलिउडमा हरेक शुक्रबार केही न केही रेकर्ड बन्ने गरेको छ । कुनै फिल्मले व्यावसायिक रेकर्ड तोड्छन् भने कुनैले असफलताको रेकर्ड राख्छन् । फिल्मसँगै त्यसमा संलग्न कलाकार, निर्देशक, प्राविधिकको पनि रेकर्ड बन्दै र टुट्दै जान्छ । भारतीय अनलाइनले विभिन्न समयमा विभिन्न शीर्षकका गिनिज बुक अफ वल्र्ड रेकड्र्समा नाम दर्ता भएका बलिउड स्टारबारे रिपोर्ट तयार गरेको छ :

आशा भोस्ले
गायिका आशा भोस्लेले ११ हजारभन्दा बढी एकल गीत गाएकी छिन् । सन् २०११ मा उनको नाम सर्वाधिक गीत गाउने भारतीय गायिकाका रूपमा गिनिज बुकमा लेखिएको हो । आशाले हिन्दी, नेपाली, मराठीलगायत विभिन्न २० भाषामा गीत गाएकी छिन् ।

अमिताभ बच्चन
अमिताभ बच्चनको नाम पनि एउटा अनौठो रेकर्डका कारण गिनिज बुकमा दर्ता भएको छ । अभिताभले १९ जना फरक–फरक गायकका साथ हनुमान चालिसा गाइसकेका छन् । सोही आधारमा उनको नाम रेकर्ड भएको हो ।

शाहरुख खान
किङ खानको नाम पनि गिनिज बुकमा दर्ता भएको छ । उनको चाहिँ सन् २०१३ को सर्वाधिक कमाइ गर्ने बलिउड हिरोको रूपमा गिनिज बुकमा नाम रेकर्ड भएको हो । शाहरुखले सो वर्ष २२०.५ करोड भारु कमाइ गरेका थिए ।

कुमार सानु
बलिउड पाश्र्वगायक कुमार सानुको नाम पनि गिनिज बुकमा दर्ता छ । एकै दिनमा सर्वाधिक गीत गाएर उनले रेकर्ड राखेका हुन् । यो सन् १९९३ को कुरा हो, सानुले एकै दिन २८ वटा गीत रेकर्ड गराए । त्यही कुरा गिनिज बुकमा रेकर्ड भएको हो ।

समीर अन्जान
गीतकार समीर अञ्जानको नाम पनि गिनिज बुकमा लेखिएको छ । ‘साजन’, ‘राज’जस्ता फिल्मका गीतकार समीरले अहिलेसम्म ३५ हजारभन्दा बढी गीत लेखिसकेका छन् । सर्वाधिक गीत रचनाकारका रूपमा उनको नाम लेखिएको हो ।

ललिता पवार
अभिनेत्री ललिता पवारको नाम सबैभन्दा लामो समयसम्म फिल्म अभिनय गरेकी अभिनेत्रीका रूपमा दर्ता छ । उनले ७० वर्षसम्म अभिनय गरिरहिन् । सो अवधिमा उनले सात सयभन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन् ।

क्याट्रिना कैफ
अभिनेत्री क्याट्रिना कैफको नाम पनि गिनिज बुकमा लेखिएको छ । उनको नाम सन् २०१३ की सर्वाधिक पैसा कमाउने भारतीय अभिनेत्रीका रूपमा गिनिज बुकमा नाम रेकर्ड भएको हो । क्याट्रिनाले त्यो वर्ष ६३.७५ करोड भारु कमाएकी थिइन् । त्यही कुरा गिनिज बुकमा लेखिएको हो ।

सोनाक्षी सिन्हा
अभिनेत्री सोनाक्षी सिन्हाको नाम पनि गिनिज बुकमा रेकर्ड भएको छ । उनले यो उपलब्धि सन् २०१६ मा पाएकी हुन् । उनले एकै समयमा धेरै महिलाका साथ नेट पेन्ट गरेर रेकर्ड राखेकी हुन् । गत वर्ष विश्व महिला दिवसका दिन मुम्बईमा एउटा कार्यक्रम आयोजना भएको थियो । त्यहाँ सोनाक्षी र उनकी आमा पुनम सिंहले पनि भाग लिएकी थिए । त्यो कार्यक्रममा १३ सय २८ महिलाले एकसाथ नेल पेन्ट गराएका थिए । त्यसको हिस्सा सोनाक्षीलाई पनि मिल्यो । नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

अभिषेक बच्चन
अभिषेकको नाम पनि गिनिज बुकमा रेकर्ड भएको छ । १२ घण्टामा सबैभन्दा धेरैपटक सर्वसाधरणमाझ देखिएको सेलेब्रिटीका रूपमा उनको नाम लेखिएको हो । अभिषेक सन् २००९ मा रिलिज भएको ‘दिल्ली ६’ नामक फिल्मको प्रमोसनका क्रममा १२ घण्टा लगातार सातवटा सहरका पब्लिकमाझ पुगेका थिए । त्यतिवेला उनी गाजियाबाद, नोएडा, फरिदाबाद, दिल्ली, गुडगाउँ, चन्डीगढ र मुम्बई पुगेर पब्लिकसँग साक्षात्कार गरेका थिए । त्यो कामका लागि उनले त्यतिवेला आफ्नो निजी जेट विमान र कारबाट झन्डै १८ सय किलोमिटरको दूरी पार गरेका थिए । यो मामलामा अभिषेकले हलिउड स्टार बिल स्मिथलाई पनि जितेका थिए । सन् २००४ मा आफ्नो फिल्म ‘आइ रोबर्ट’को प्रमोसनका क्रममा बिल दुई घण्टामा तीन स्थानका दर्शकमाझ पुगेका थिए ।

The post १३ सय २८ महिला प्रतिस्पर्धीलाई उछिन्दै सोनाक्षी सिन्हाले लेखाइन् गिनीज बुकमा नाम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.