अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार, पढेर शेयर गरौं ।

जीएस नेपाली
अमेरिका

पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य प्रचलन, मान्यता एवं परम्परा हाम्रो भन्दा बिपरित लाग्दा हुन्छन । कुन राम्रा कुन नराम्रा भन्ने कुरा हैन त्यो त जस्ले प्रयोग गर्दै आएको छ उस्लाई आफ्नो चलन मान्यता राम्रो लागेकै हुन्छ । यहा खासगरी अमेरिकन भनि पश्चिमी मान्यतालाई प्रतिनिधित्व गर्दै देखाउदै छु भने नेपाली भनि पूर्बिय संस्कार अर्थात दक्षिण एशियाली देशहरुको समेत प्रतिनिधित्व गरि नेपालीलाई देखाउदै छु । यो केवल सामान्य जानाकारी र मनोरञ्जनका लागि यस्ता उल्टा केही कुराहरु संकलन गरेको हो ।

१. अमेरिकनहरु भोली भोकै हुन किन नपरोस आज टन्न खान्छन । हामी नेपालीको संस्कार भोली भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।

२.अमेरिकन खुल्ला ठाउमा खाना खान्छन अनि गोप्य ठाउमा दिशा गर्छन । नेपाली गोप्य भान्साकोठामा खाना खान्छौ अनि खुल्ला चौर, बनपाखामा दिशा गर्छौ ।

३ अमेरिकन पहिले घर किनेर त्यसैमा बसि क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन । नेपाली जिन्दगीभर भाडामा बसि बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

४.अमेरिकन दुध चिसो पिउछन पानी आइस राखेर पिउछन । हामी दुध तताएर पानी उमालेर पिउछौ ।

५.अमेरिकनहरु अलि बढि पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन । हामी नेपाली केही बढि पैसा बचत भए अर्को धेरै पैसा चाहिने ब्यावहार आटेर बोझ (टेन्सन) बढाउछौ ।

६. अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टासेर बोक्छन हामी पछाडी पिठ्यूमा बोक्छौ ।

७.अमेरिकन हातले फ्याकेर खेल्नेलाई फुटबल भन्छन हामी खुट्टाले फ्याकेर खेल्नेलाई फुटबल भन्छौ ।

८.अमेरिकन गरिवहरु मोटा हुन्छन खासगरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरु स्वस्थ्य खाना र ब्यायमले स्लीम (पातला) हुन्छन । हामी काहा गरिवहरु खान नपाएर बढि परिश्रमले पातला हुन्छन धनी धेरै खाएर मोटा हुन्छन ।

९.अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर बिबाह गर्छन । हामी बिबाह गरेर अझ बच्चा भएपछी श्रीमतीलाई प्रेम गर्छौ ।

१०.अमेरिकन प्रचलन घर,ब्यावसायिक स्टोर,रेष्टुेन्ट,कार्यलय बेलुका सफा गर्छन हामीकाहा बिहान सफा गर्ने प्रचलन छ ।

११. अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन । हामी पहिले साल महिना र गते लेख्छौ । अक्टुबर ३० २०१७ , २०७४ कार्तिक ७

१२. अमेरिकन जन्मदा नै नामी हुन्छन हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछी बच्चाको नाम दिन्छन र जन्मदा सोही नामको बर्थ सर्टिफिकट बन्छ । हामीकहा जन्मेको ११ दिनमा पंडित वा बाबु आमाले नाम दिएपछी नामी हुन्छौ ।

१३.अमेरिकन पुलिस पसलमा समान किन्दा, रेष्टुरेन्ट जादा, ट्याक्सी चढदा टिप्स पनि दिन्छन । हामीकहाका पुलिस यि ठाउबाट हप्ता नै लिन्छन ।

१४.अमेरिकन धनीले कर र्तिछन कम आए हुने गरिबले ट्यास फिता बाट पैसा पाउछन । नेपालमा धनिले धन र शक्तिले कर तिर्दैनन र थोरै र्तिछन गरिव साना ब्यावसायी बढी कर तिरीरहेका हुन्छन ।

१५ अमेरिकन चलन पैसाको नोट ठुलो माथी पारी आसनमा सानो नोट राख्छन । हाम्रोमा आसनमा ठुलो नोट माथी सानो हुदै जान्छ ।

१६. अमेरिकन प्याकेटको खाना अर्थात अर्कैले तयार गरेको खाना खान मन पराउछन । हामी आफैले बनाएको अझ आफुले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउछौ ।

१७.अमेरिकामा कमाइको हिसावमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउ होटल, एपाटमेन्ट, घर,कोठा महड.गो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महड.गो हुन्छ ।

१८.अमेरिकामा प्राय पुरुष महिला देखी डराउछन अनि घरब्यावहार उनैले सम्हाल्छन । नेपालमा महिला पुरुष देखी डराउछन र घरब्यावहार पुरुष नै सम्हाल्छन ।

१९.अमेरिकन महिला बिबाहको दिन नया ठाउ नया मान्छे नया परिवेसको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन । हामीकहा बेहुली बिबाहको दिन माइती, बाबुआमा छाडेर पराइसग जादैछु ठान्दै रुन्छन ।

२०.अमेरिकन धेरै धनी भए सुख शान्ती खोज्न गाउ वा एकान्त तिर पस्छन । हामी कहा धेरै धनी भए सुख शान्ति खोज्न शहर भिडभाड तिर जान्छन ।

२१.अमेरिकन जोडी जो बिबाह गरेर धेरै वर्ष सगै बसेका हुन्छन उनीहरुलाई देखेर अरु मान्छे अचम्मित हुन्छन । नेपालमा बिबाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन ।

२२.अमेरिकन महिला घुुडा साप्रा देखाएर छोटो लुगा लगाउछन तर पुरुषले घुडा देखाएको त्यती राम्रो मानिदैन । नेपालमा पुरुष घुडा देखाएर छोटो कट्टु लगाउछन महिलाले घुडा देखाएको राम्रो मानिदैन ।

२२ं. अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस फिसिक्क हासेर बोल्छन । हामीकहा नचिनेको वा रिस उठेकोसग हास्ने बोल्ने त कुरा परै जावोस उ हिडेको बाटो समेत हिड्दैनन ।

२३. अमेरिकन टिनएजर काटेपछी पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उस्को कुनै शाररिक कमजोरी त छैन भनि सजग हुन थाल्छन । नेपालमा टिनेजर काटेपछी कुनै केटा साथी वा केटी साथी त छैन भनि अभिभावक नै शंकाले सजग भैरहन्छन ।

२४.अमेरिकाको शहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतीका सवारी हुदै तिब्रगतीका सवारी पछाडी जान्छन । नेपालमा पहिले तिब्र गतीको गाडीले पास गरेपछी कम गतीको सवारी हुदै पैदल यात्रीको पालो अन्तिममा आउछ ।

२५. अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि ओवा कति सेक्सी(सुन्दर) होस भनेमा थ्याड.क्यू भनि मुस्कुराउछन । हामीकहा अन्जान सुन्दरीलाई कति सुन्दर होउ भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन ।

The post अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार, पढेर शेयर गरौं । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.