उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा

काठमाडौं, कात्तिक १३ – उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद हुनुहुन्थ्यो ।

एमालेभित्र माधव नेपाल निकट रहनुभएका उहाँ केपी ओली शक्तिमा आएसँगै छाँयामा पर्नुभएको थियो । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहनुभएका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो ।

अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गर्नुभएको थियो । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गर्नुभएको छ । चौधरीको नाम समानुपातिक सूचिमा परेको कांग्रेसका एक शीर्ष नेताले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुनुहुन्छ ।फोर्ब्सले जनाए अनुसार अहिले उहाँको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ । लोकप्रिय चाउचाउको वाइवाइको ब्रान्डलाई समेत विश्वका विभिन्न देशमा चौधरी समूहले विस्तार गरिसकेको छ । ujyaaloonline

The post उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.