भटाभट बढ्दै छ अभिनेत्रीको पारिश्रमिक

साह्रै व्यस्त छिन्, प्रियंका कार्की । एकपछि अर्को चलचित्र, अलिकति फुर्सद भए म्युजिक भिडियो तथा त्यसबाट पनि फुर्सद मिले विभिन्न कार्यक्रममा सहभागी हुने प्रियंकाले म्युजिक भिडियोमा अभिनय गरेबापत ५० हजारभन्दा बढी पारिश्रमिक लिने गरेकी छिन् । प्रियंका कार्कीले आफ्नो पहिलो चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’मा १ लाख २० हजार पारिश्रमिक बुझेकी थिइन् । अहिले निर्माणको अन्तिम चरणमा रहेको चलचित्र ‘ह्याप्पी डेज’सम्म आइपुग्दा उनले ४ लाख पारिश्रमिक बुझेकी छिन् ।

रेखा थापाले पहिलो चलचित्र ‘हिरो’मा काम गरेबापत निर्माता छविराज ओझाबाट २१ हजार पारिश्रमिक बुझेकी थिइन् । उनले आफ्ना पछिल्ला दुई चलचित्र ‘पलाँस’ र ‘डायरी’मा अभिनय गरेबापत ४–४ लाख लिएको बताइन्छ । कुनै समय रेखाले आफ्नो होम प्रोडक्सनबाहेकका चलचित्रमा काम गर्दा ५ लाखसम्म लिएकी थिइन् ।

एकपछि अर्को चलचित्रमा व्यस्त भएर चलचित्रैपिच्छे मूल्य बढाउने नायिकामा ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम आउँछ । ‘ड्रिम्स’मा उनलाई निर्माता भुवन केसीले १ लाख पारिश्रमिक दिएका थिए भने पछिल्लो सफल चलचित्र ‘ए मेरो हजुर टु’का लागि उनले ५ लाख पारिश्रमिक लिएको बताइन्छ ।

शिशिर राणाको निर्देशनमा बनेको प्रदर्शोन्मुख चलचित्र ‘तिमीसँग’मा पनि उनले ५ लाख नै लिएकी छिन् भने नृत्य निर्देशक रिनेशा राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’का लागि उनले ८ लाखभन्दा माथि पारिश्रमिक लिएको बताइएको छ । नेपाली चलचित्रमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नै हुन् ।

नायिका केकी अधिकारीले आफ्नो पहिलो चलचित्र ‘स्वर’मा १ लाख पारिश्रमिक पाएको बताएकी छिन् । चलचित्र ‘बाग्मती’ सबैभन्दा धेरै पारिश्रमिक दिने चलचित्र भएको बताउने केकीले उक्त चलचित्रबाट ४ लाख बुझेकी थिइन् । चलचित्र ‘लभसासा’ र पछिल्लो सफल चलचित्र ‘घामपानी’ एवं आजबाट प्रर्दनमा आएको ‘ऐश्वर्य’मा काम गरेबापत उनले निर्मातासँग ३–३ लाख पारिश्रमिक लिएकी छिन् ।

नम्रता श्रेष्ठ सबैभन्दा बढी पारिश्रमिक लिने नेपाली अभिनेत्रीको दोस्रो नम्बरमा छिन् । नम्रताले पहिलो चलचित्र ‘सानो संसार’ मै पनि १ लाखभन्दा माथि पारिश्रमिक बुझेकी थिइन् भने पछिल्लो चलचित्र ‘पर्व’मा काम गरेबापत उनले सात लाख पारिश्रमिक लिएको बताइन्छ ।

<di

The post भटाभट बढ्दै छ अभिनेत्रीको पारिश्रमिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.