बुद्धको मुर्तिबाट निस्कियो मानिसको सिंगो शरिर

एजेन्सी । अहिलेको प्रविधिको युग यति तीब्र गतिमा अघि बढिरहेको छ, जसले नयाँ नयाँ खोज अनुसन्धानलाई सहज बनाउँदैछ ।

विकसित प्रविधिले वैज्ञानिकहरु नयाँ नयाँ कुरा पत्ता लगाउन लागिरहन्छन् । विकसित प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरुले करिब एक हजार वर्ष पुरानो बुद्धको मुर्तिबाट मान्छेको शरीर निकालेका छन् ।

नेदरल्यान्ड्सको एक सङ्ग्राहलयमा रहेको एउटा बुद्धको मुर्तिमाथि अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले सुन्दै डर लाग्दो तथ्य बाहिर ल्याएका हुन् ।

यो समाचार सुनेर तपाईँ पनि पक्कै चकित पर्नुहुन्छ । हजारौँ सालदेखि संग्राहलयमा थन्किएको बुद्धको एक मुर्तिलाई त्यसका मालिकले मर्मतका लागि झिकेर सफाई गर्दा यस्तो भेटिएको हो ।

सं‌ग्राहलयका मालिकले पुराना मूर्तिको मर्मत गर्नका लागि मेन्डर मेडिकल सेन्टर (डच) मा पठाएका थिए । तर कसैलाई पनि थाहा थिएन, त्यो मुर्तिभित्र रहेको भयानक तथ्यबारे ।

जब मूर्तिलाई उठाएर स्क्यानर मेशीनमा हालियो तब मुर्तिभित्र प्राचीन कागज देखियो । जसलाई मोडेर मुर्तिभित्र हालिएको थियो । तर ती कागज निकालेपछि पनि मुर्तिभित्रबाट अरु नै केही निस्कियो ।

मुर्तिभित्र एकजना मानिसको सिङ्गो शरीर थियो । तपाईँलाई लाग्न सक्छ, को होलान् ती मानिस एक हजार वर्ष पुरानो बुद्धको मूर्तिलाई जब पगालियो तब त्यहाँबाट मानिसको सिङ्गो शरीर निस्किएको हो ।

उनी को थिए त तपाईँले सुन्नु भयो भने चकित पर्नुहुन्छ । ती मानिस थिए, ल्यूक्यान्स, जसलाई बुद्धका मास्टर मानिन्छ । यो खोजीलाई वैज्ञानिकका लागि ठुलो उपलब्धि मानिए पनि तर यस खोजले हृदय हल्लाउने तथ्य बाहिर ल्याइदिएको छ ।

The post बुद्धको मुर्तिबाट निस्कियो मानिसको सिंगो शरिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.