तरकारीवाली कुसुम बनिन् हिरोइन्….

काठमाडौं – तरकारी बोकेर बजार जाँदै गर्दाको तस्बिर सार्वजनिक भएपछि तरकारीवालीको रुपमा भाइरल बनेकी गाेरखाकी कुसुम श्रेष्ठलाई अब चलचित्रको पर्दामा पनि देख्न पाइने भएको छ ।

श्रेष्ठ ‘लम्फू’ नामक चलचित्र मार्फत पर्दामा छाउन लागेकी हुन् । चर्चामा रहेको समय चलचित्र अभिनय सोच नभएको बताएकी उनले ‘लम्फु’ नामक चलचित्र भने अभिनय गरेकी छन् । निर्देशक गोपालचन्द्र लामिछानेले उनलाई आफ्नो चलचित्र ‘लम्फु’ अभिनय गराउन सफल भएकी हुन् ।

सामाजिक कामका लागि आफुले ‘लम्फु’ चलचित्र गरेको कुशुमले बताइन् । चलचित्र अभिनयको पारिश्रमीक उनले अनाथ बालबालिकाको लागि खर्च गरेकी छन् । यसै बर्ष भित्र रिलिजमा आउने चलचित्र ‘लम्फू’मा उनी कस्तो भूमिकामा रहेकी छन् त ? धेरैको चासोको बिषय यही हो । तर उनले आफ्नो भुमिका खुलाउन चाहिनन् । भनिन् ‘तपाइ र दर्शकले हलमा गएपछि मात्र मेरो भूमिका थाहा पाउनु हुनुहुनेछ ।’

‘लम्फु’को छायांकन अघिल्लो बर्ष नै भएको थियो । तर पनि निर्माण युनिटले कुशुमको अभिनय गोप्य राख्न सफल भयो । तर अहिले चलचित्र रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले यो बिषय लुकाउन सकेन ।

तस्बिर भाइरल भएपछि श्रेष्ठलाई ,चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत बिभिन्न अफर थुप्रैले दिएका थिए । ‘लम्फू’ टीमको सामाजिक उत्तर दायित्वको सोच र आफुलाई मास्टर डिग्रीसम्म अध्ययनका लागि निःशुल्क छात्रावृत्ती दिएको कारणले आफुले लम्फु अभिनय गरेको कुसुमको भनाइ रहेको छ ।
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुशुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदीको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए । भारतीय मिडियाले नेपालकी तरकारीवाली भन्दै तस्बिर भाइरल गरेपछि उनी नेपाल र भारतका सञ्चारमाध्यमको चर्चाको बिषय बनेकी थिइन् ।

The post तरकारीवाली कुसुम बनिन् हिरोइन्…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.