अब बिदेशी धर्ममा जानेलाई तनाब, नेपालमा धर्मपरिवर्तन फौजदारी अपराध , क्रिस्चियनहरूको रुवाबसी …

काठमाडौं, १० कात्तिक — नेपालले भारत र पाकिस्तान जस्तै धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएकोमा यहाँको क्रिस्चियन अल्पसंख्यकलाई अप्ठेरो परेको बताइएको छ ।क्रिस्चियानिटी टुडेको अनलाइन संस्करणमा बुधवार केट शेलनटको बाईलाईनमा प्रकाशित समाचारमा क्रिस्चियन अल्पसंख्यकहरूकोे आस्थामा जोखिम परेको लेखिएको छ । समाचारको भावानुवाद यहाँ प्रस्तुत छ :

‘नेपाल सरकारले प्रतिगामी कदम चालेको छ किनकि यो कानूनले हाम्रो अभिव्यक्ति स्वतन्त्रता र हाम्रो धर्म वा विश्वासको स्वतन्त्रतामाथि कठोर नियन्त्रण गर्छ,’ क्रिस्चियन सोलिडारिटी वर्ल्डवाइडसँग कुरा गर्दै रिलिजियस लिबर्टी फोरमका अध्यक्ष टंक सुवेदीले बताए । सुवेदी एक पास्टर हुन् । पहिले हिन्दू अधिराज्यका रूपमा रहेको नेपालमा बस्ने अनुमानित तीन लाख ७५ हजार क्रिस्चियनमध्ये एक हुन् ।

गत अगस्ट महिनामा संसद्ले अपराध संहिता पारित गरेर सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसमा हस्ताक्षर गरेको अवस्थामा यसले धर्मान्तरण र ‘धार्मिक संवेदनालाई चोट पु–याउने’ कामलाई नियन्त्रण गर्छ । यसो हुँदा जनसंख्याको ८० प्रतिशतले मान्ने हिन्दू धर्मलाई थप संवैधानिक संरक्षण दिलाउँछ ।एक नेपाली क्रिस्चियन साइटअनुसार, नयाँ कानूनको एक दफामा कसैले पनि धर्मान्तरणमा संलग्न हुन वा त्यसका लागि प्रोत्साहन गर्न हुँदैन भनी उल्लेख गरिएको छ ।

धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख छ ।लामो समयसम्म हिन्दू अधिराज्यका रूपमा रहेको देशले धर्मनिरपेक्षता घोषणा गरेको एक दशकपछि अनि नयाँ संविधान घोषणा गरेको दुई वर्षपछि धार्मिक स्वतन्त्रतामा संशोधित फौजदारी नियन्त्रण लगाएको छ ।

संविधानको धारा २६ ले पनि धर्मपरिवर्तनलाई निषेध गरेको छ ।धार्मिक स्वतन्त्रताका पैरवीकर्ताहरूले यो कानूनमार्फत अल्पसंख्यकमाथि भविष्यमा थप नियन्त्रण र विभेद हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।क्रिस्चियन सोलिडारिटी वर्ल्डवाइडका संस्थापक मर्भिन टमसले नेपाल सरकारलाई यो कानून खारेज गर्न अपील गरेका छन् ।यो कानून लागू भएसँगै पाकिस्तानको धर्मअपमान कानूनभन्दा खराब स्थिति नेपालमा आउने एक क्याथोलिक मानवअधिकारवादीले लेखे । यसलाई गलत व्याख्या गरेर कसैमाथि झुटो आरोप लगाउनका लागि यसको दुरुपयोग गर्ने सम्भावना रहन्छ भन्ने उनको चिन्ता छ ।

यो कानूनले नेपाललाई पञ्चायती व्यवस्थातर्फ फर्काउने स्थिति रहन्छ । त्यतिखेर राज्यले अल्पसंख्यक धार्मिक समूहलाई दमन गर्थ्यो । हालैका वर्षमा कानूनी जोखिमहरू बढ्दै गएको भएपनि विगत एक दशकयता नेपालमा क्रिस्चियन जनसंख्या तीनगुणा बढेको छ र धर्मपरिवर्तन यसको प्रमुख कारण हो । लोकप्रिय लोकगायक राजु परियार सन् २०१५ मा क्रिस्चियन भएका थिए । यति हुँदाहुँदै पनि क्रिस्चियनहरू लगभग तीन करोड जनसंख्यामा जम्मा १.४ प्रतिशत छन् ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले धर्मपरिवर्तनविरोध र धर्मअपमान कानूनलाई संसारभरि धार्मिक स्वतन्त्रतासम्बन्धी सबभन्दा ठूलो चिन्ताको विषयका रूपमा लिएको छ ।

को हुन् टंक सुवेदी ? नयाँ कानूनको विरोध गर्ने टंक सुवेदी ललितपुरको नक्खुस्थित फेमिली अफ गड चर्चका पास्टर हुन् । उनी नेपाल चर्च ड्टकम नामक क्रिस्चियन वेबसाइटमा लेखिरहन्छन् । सुवेदी रिलिजियस लिबर्टी फोरम नेपालका अध्यक्ष पनि हुन् ।lokaantar

The post अब बिदेशी धर्ममा जानेलाई तनाब, नेपालमा धर्मपरिवर्तन फौजदारी अपराध , क्रिस्चियनहरूको रुवाबसी … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.