यस्ता छन् औषधीय महत्व भएका साग र च्याउका फाइदा

एजेन्सी । हामीले दैनिक सेवन गर्ने तरकारी मात्रा मिलाएर पकाउँदा स्वादिलो मात्र हुँदैन , शरीरलाई स्वस्थ राख्नुका साथै मस्तिष्क पनि बढाउँछ । यसले खाद्य–उपचार (फुड थेरापी) को पनि काम गरिरहेको हुन्छ ।

पोषिलो परिकारले शरीरको रोगप्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेहजस्ता असाधारण रोगको सम्भावनासमेत हटाउँछ । त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ ।

साग र च्याउका फाइदा यस्ता छन् :

नेपालमा रायो, तोरी, फापर, बेथु, मेथी, सौँप, पालुंगो, चौँसुर, छ्यापी, लसुनका सागका साथै फर्सीका मुन्टा, हरियो प्याज, निगुरो आदि हरियो सागको रूपमा खाइन्छ । यी सबै सागमा पाइने पोषक तत्व फरक–फरक छन् । तर, समान रूपमा क्लोरोफिल, भिटामिन, खनिज तत्व पाइन्छन् ।

हरियो सागमा मुटुको रोगदेखि कब्जियतसम्म, पेटको क्यान्सरदेखि गठिया र जोर्नी तथा हड्डीका समस्यासम्म हटाउने क्षमता हुन्छ । मस्तिष्कको क्षमता बढाउन तथा बूढोपनका लक्षण हटाउन सागयुक्त भोजन निकै नै लाभदायक हुन्छ ।

च्याउस् भिटामिन ‘बी’ का विभिन्न प्रकार र खनिज तत्व च्याउमा पाइन्छन् । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटिको सब्जी हो । तर, यसमा ऊर्जा स्रोत ९क्यालोरी० अत्यन्त कम हुन्छ । टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट (युभी) किरण दिएपछि भिटामिन डी पर्याप्त बनाउन सकिन्छ ।

संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् । तीमध्ये १० प्रतिशत च्याउसँग मात्र मानिसको ज्ञान र पहुँच पुगेको छ । नेपालको कर्णाली क्षेत्रका जंगलमा पाइने मोरेल, गुच्ची नामका च्याउहरू अति महँगा छन् ।

पाउल स्टामेटस् नामक विश्वविख्यात च्याउविज्ञले एक सय प्रजातिका च्याउबारे ६ वटा पुस्तक लेखेका छन् । जसमा उनले च्याउबाट मानव स्वास्थ्यलाई हुने फाइदाका बारेमा अनुसन्धानमूलक विश्लेषण गरेका छन् । सयमध्ये ६ किसिमका च्याउले हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता अद्भूत तरिकाले बढाउँछ ।

तर, अग्र्यानिक तरिकाले साह्रै सावधानीका साथ फलाइएको च्याउ मात्र खान उनी सल्लाह दिन्छन् । पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ ।

उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु हो ।

The post यस्ता छन् औषधीय महत्व भएका साग र च्याउका फाइदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.