११ वर्षको बच्चाको तौल १९१ किलो, खाना खुवाउँदा नै टाँट पल्टिए बा–आमा

११ वर्षको बच्चाको तौल १९१ किलो, खाना खुवाउँदा नै टाँट पल्टिए बा–आमा

समाचार अनुसार, सानो छँदा भएको अपरेशन पछि उनको तौल असामान्य तरिकाले बढ्न थालेको हो । यो विषय चर्चामा आएपछि अहिले संसारका विभिन्न कुनाबाट आयराको स्वास्थ्यका बारेमा चासो लिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कार्तिक ९ । आवश्यकता भन्दा बढी खाएमा बिरामी भइन्छ भन्ने धेरैलाई थाहा छ । तर बिरामी नै खाना खानु पर्ने भएपछि परेन त फसाद ?

अहिले ११ वर्षीय आयराका बा आमालाई यही भएको छ । संसारकै मोटो बच्चा भनिरे चिनिने सोमान्त्री बस्ने आयराका बुवाआमा छोरालाई खाना खुवाउँदैमा गरीब भएका छन् ।

सोमान्त्री इण्डोनेशियाका हुन । अहिले उनको उमेर ११ वर्ष पुगेका छ । तर, उनको तौल भने १९१ किलो पुगेको छ । यो भनेको कल्पना पनि गर्न नसकिने तौल हो । तौलकै कारण न उनी स्कूल जान सक्छन्, न साथीभाईसँग खेल्न नै ।

पाँच जनाको खाना एक्लै

इण्डोनेशियन मिडियामा प्रकाशित समाचार अनुसार, उनलाई अब भने बस्न समेत अप्ठ्यारो परेको छ । उनको हेरचाहका लागि मात्रै दुई जना को ड्यूटी लागेको हुन्छ । उनका बुवाका अनुसार, सोमान्त्राले पाँच जनाले खाने बराबरको खाना एक्लै खाने गर्छन् । खाना ढिला भयो या पाइएन भने रुने कराउने उनको बानीले झनै हैरान छन् परिवारका सदस्यहरु ।

राति पनि खानुपर्ने

अचम्म त के छ भने सोमान्त्रालाई दिउँसो खाएर मात्रै पुग्दैन । उनको खानामा माछामासु, तरकारी, चामल, दूध र कोल्ड ड्रिङ्क्स आदि हुने गर्दछ । सोमान्त्राका बाब आमाले उनको तौल बढ्न थालेपछि डाक्टरहरुसँग समेत सल्लाह गरे । त्इसपछि उनको डाइटमा कमी गरिएको छ । साथै उनलाई दैनिक कसरत पनि गर्न लगाइएको छ । दुई सय किलो बढी तौल पुगिसकेका उनी अहिले भने १९१ किलोमा झरेका हुन ।

सम्बन्धित् समाचार हेलिकप्टरका कारण होटेल व्यवसायी चिन्तामा

कपडा नै भेटिन्नन बजारमा

अर्को समस्या उनले लगाउने लुगाको छ । सामान्यतः ११ वर्षका बच्चाका लुगा त उनको हात खुट्टामा समेत अट्दैनन् । यस्तोमा उनको साइजका कपडा त पाउने कुरा नै भएन । अहिले दुई तीन जनालाई पुग्ने कपडा किनेर उनको घरमा नै कपडा सिलाउने काम गरिएको बताइन्छ ।

खाना किन्दैमा हैरान

पाँच जनाको खाना एक्लैले खाने आयराको परिवारलाई अब उनलाई खाना खुवाउने सबैभन्दा ठूलो चिन्ता लाग्ने गरेको छ । हरेक पटक हेरचाहका लागि मानिस चाहिने र खाना चाहिने भएपछि छाक टार्नसमेत उनीहरु गारो पर्ने अवस्थमा पुगेका छन् । न त उनीहरु काममा नै जान पाउँछन् ।

चिकित्सकहरुले भने यसरी मोटापा बढ्दै गएपछि आयराको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने बताइरहेका छन् । खानाकै कारण उनको मृत्यु समेत हुन सक्ने चेतावनी केही चिकित्सकले दिएका छन् ।

समाचार अनुसार, सानो छँदा भएको अपरेशन पछि उनको तौल असमान्य तरिकाले बढ्न थालेको हो । यो विषय चर्चामा आएपछि अहिले संसारका बिभिन्न कुनाबाट आयराको स्वास्थ्यका बारेमा चासो लिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

SOURCE : everestdainika

The post ११ वर्षको बच्चाको तौल १९१ किलो, खाना खुवाउँदा नै टाँट पल्टिए बा–आमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.