के साच्चै ब्रेकअप भएको थियो निशा र शरदको ? यस्तो भन्छिन् निशा

नायिका तथा निर्मात्री निशा अधिकारी र नेपाली क्रिकेट टीमका उत्कृष्ठ खेलाडी शरद भेषवाकरको बिवाह २०७४ असार १६ गते धुमधामका साथ भयो । उनको बिवाह पछि उनको पहिलेको सम्बन्धहरुको बिषयमा केहि मिडियाहरुमा नकारात्मक समाचारहरु आएको थियो । जस्तो टिकाटिप्पणी आएता पनि निशाले त्यसलाई खुलेरै बिरोध गरेकी थिईन् ।

अब भने उनीहरुको बारेमा कुनैपनि टिकाटिप्पणी र नराम्रा समाचारहरु सुन्न र पढ्न परेको छैन । यस्तैमा निर्मात्री तथा नायिका निशा अधिकारी र उनका श्रीमान क्रिकेट खेलाडी शरद भेषवाकार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको लागि पुगेको छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘जीवनसाथी’ कार्यक्रममा उनीहरु अतिथीको भुमिका त्यहाँ पुगेका हुन् । माल्भिका सुब्बाको कार्यक्रम ‘जीवनसाथी’मा पुगेको उनीहरुले निशाको आगामी चलचित्र ‘झ्याईकुटी’को प्रचारप्रसार पनि गर्न भ्याए । उनीहरुले त्यहाँ निशा र शरदको भेटघाटदेखी प्रेम र बिवाहसम्मको कुराकानीलाई जोड्नेछिन् ।

उक्त कार्यक्रम शुक्रबार प्रसारण हुने भएता पनि प्रोमो भने सार्वजनिक भईसकेको छ । सार्वजनिक ४० सेकेण्डको प्रोमोमा उनीहरुले ब्रेकअपको हल्ला आएको कुराकानीलाई पनि स्पस्ट पारेका थिए । लामो समयदेखी प्रेमसम्बन्धमा रहेका उनीहरुको केहिबर्षअघि ब्रेकअप भएको हल्ला चलेको थियो । ब्रेकअपको सम्बन्धमा निशा भन्छिन्, ‘जुन बेलामा ब्रेकअप भएको थिएन त्यहि बेलमा ब्रेकअपको न्युज आईराको थियो । त्यो समयमा हामीले आफ्ना आफन्तहरुलाई ब्रेकअप भएको छैन भन्दा भन्दा हैरान भएका थियौँ ।’ यस्तै कार्यक्रमको प्रोमोमा शरदले निशालाई ‘तिमीलाई बुढो हुनेबेलासम्म पनि उत्तिकै माया र ख्याल राख्छु ।’ भनेका थिए । उनीहरुबिचको कार्यक्रमा भने शुत्रबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ । हेरौ कार्यक्रमको प्रोमो

The post के साच्चै ब्रेकअप भएको थियो निशा र शरदको ? यस्तो भन्छिन् निशा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.