म २५ वर्षीया अविवाहित युवती हुँ । मैले कसैसँग यौनसम्पर्क गरेकी छैन तर मलाई यौनी बढे जस्तो लाग्छ

म २५ वर्षीया अविवाहित युवती हुँ । मैले कसैसँग यौनसम्पर्क गरेकी छैन । चार–पाँच महिना अघिदेखि मासिक श्राव ८–१० दिन पछि सरिरहेछ । ममा पीडालगायत अन्य कुनै पनि समस्या छैन । केही दिनअघि मेरो योनिद्वार वरिपरि मासु पलाएको पाएँ । उक्त मासु बाहिरी भागमा मात्र नभएर भित्रैबाट पलाएजस्तो लाग्छ । कहिलेदेखि यस्तो भएको हो भन्ने कुरा पनि पत्तो भएन । मैले यस्तो समस्याका सम्बन्धमा आजसम्म कुनै माध्यमबाट पनि जानकारी पाएकी छैन । यस्तो कसरी हुन्छ ? के यसका लागि शल्यक्रिया नै गराउनुपर्छ कि औषधीले ठीक हुन्छ ?

महिलाको प्रजनन अङ्गका तन्तुमा असामान्य वृद्धि हुन सक्छ । यस्तो वृद्धि डिम्बाशयमा पनि देखा पर्न सक्छ । त्यसैगरी पाठेघरमा पनि यसरी तन्तुको असामान्य वृद्धि हुन सक्छ भने पाठेघरको मुखमा पनि । त्यसैगरी योनि र भग क्षेत्रका तन्तुमा पनि असामान्य वृद्धि देखा पर्न सक्छ । विशेष गरेर योनि र भग क्षेत्रमा हुने मासुको पिण्ड अर्थात् टयुमर विभिन्न किसिमका हुन्छन् । यसमध्ये केही हानि नगर्ने किसिमका हुन्छन् भने अर्का थरी क्यान्सरजस्तो क्षति गराउने किसिमका हुन्छन् । तरुण व्यक्तिमा प्रजनन अङ्गको क्यान्सरको कुरा गर्दा उनीहरूमा डिम्बाशय तथा पाठेघरको क्यान्सर तुलनात्मक रूपमा कमै भएको पाइन्छ । योनिमा मासु पलाउने एक प्रमुख कारण यसको अथकत हो । यी खासै हानि नगर्ने किसिमका सिस्ट भएकाले खासै लक्षण नदेखिने हुन सक्छ, त्यसैले अकस्मात् परीक्षण गर्दा वा त्यस्तै परिस्थितिमा यो भए–नभएको थाहा पाइँदैन ।

योनिमा देखिने यस्ता सिस्ट योनिको तन्तुबाटै निस्किएका हुन सक्छन् भने मूत्रनली वा वरिपरिको तन्तुवाट सुरु भएका पनि हुन सक्छन् । यस्ता सिस्ट विभिन्न किसिमका हुन्छन । सबैभन्दा बढी पाइने mullerian cyst ४४ प्रतिशतमा, epidermal inclusion cyst अथकत २३ प्रतिशतमा, Gartner’s duct cyst ११ प्रतिशतमा, Bartholin’s gland cyst ७ प्रतिशतमा तथा endometriotic type ७ प्रतिशतमा हुन सक्ने अनुसन्धानहरूले बताएका छन् । यसबाहेक अन्य केही cyst पनि हुन्छन् । यस्ता प्रकारका cyst हाम्रो जीवनको तेस्रो तथा चौथो दशकमा बढी देखिन्छ ।

– :Mullerian cyst : शरीरको मध्यरेखामा पाइने यो सिस्ट ठूलो नभएसम्म उपचारको आवश्यकता पर्दैन ।

– Epidermal inclusion cyst : यी cyst एकै स्थानमा सीमित एवं नदुख्ने किसिमका हुन्छन् ।

– Gartner’s duct cyst : योनिको भित्ताको दायाँ वा बायाँतिर केही अघिल्तिर पलाउँछ ।

– Bartholin’s gland cyst : Bartholin’s glands सानो भगोष्ठमुनि हुन्छ । यो महिलाको भगक्षेत्र विशेष गरी ठूलो भगोष्ठमा सबै भन्दा बढी हुने cyst हो । खासै हानि नपुर्‍याउने यो cyst प्रजजन उमेरका महिलामा हुन्छ ।

-Endometriotic type : विरलै देखिने यो सिस्ट पहिचान गर्न बिरामीको पूर्ण विवरण लिनुका साथै विभिन्न किसिमका परीक्षण गराउनुपर्ने हुन्छ ।

तपाईंलाई के भएको होला ?

तपाईंले दिनुभएको सीमित जानकारी अनि कुनै परीक्षण गर्ने अवसरको अभावमा तपाईंलाई के भएको होला भन्न सकिने स्थिति भएन । ती cyst के–कस्ता किसिमका हुन्, त्यसको निक्र्यौल गर्नु आवश्यक छ । तपाईंको योनिद्वार अनि भगक्षेत्रमा मुसा आएका हुन सक्छन्, तर तपाईंले भित्रतिरबाटै आएको भन्नुभएकाले सम्भवत: त्यो मुसा होइन । तपाईंले भन्नुभएको योनि तथा भग क्षेत्रमा भए पनि यी अन्य प्रजनन अङ्गबाट सुरुवात भएका हुन कि वा कतै यी हानि पुर्‍याउने अर्थात् अर्बुद रोग हो भनेर छुट्टयाउनु पनि आवश्यक हुन्छ ।

तपाईंले महिनावारी ढिलो हुने कुरा पनि गर्नुभएको छ । डिम्बाशयमा आएको खराबीदेखि अन्य कुनै पनि हार्मोनमा आउने उतारचढाव त्यसको कारण हो कि भनेर पनि हेर्नुपर्छ । यसको शारीरिक परीक्षणमा यो योनि वा भगक्षेत्रको कुन स्थानमा अवस्थित छ, टाँसिएको छ वा चलाउन मिल्छ, दुख्छ कि दुख्दैन, सम्म तथा चिल्लो किमिसको छ कि छैन अनि लचिलो छ कि कडा छ जस्ता कतिपय कुरा हेर्नुपर्ने हुन्छ । त्यसबाहेक गति rasonography, पिसाब फेर्दाफेर्दैको परीक्षण, CT scan वा MRI जस्ता परीक्षणसमेत गराउनुपर्छ ।

समाधानका लागि के गर्ने ?

सर्वप्रथम त माथि भनिएझैं तपाईंले आफ्नो योनिमा पलाएको मासु के हो र यो कस्तो प्रकृतिको हो भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । त्यसकै आधारमा तपाईंको उपचार वा समाधानको कुरा अघि बढ्छ । त्यसैले तपाईंले स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी उहाँको परीक्षण एवं सरसल्लाहमा अघि बढ्नुपर्ने हुन्छ । चिकित्सकले परीक्षणपछि उपचार आवश्यक पर्ने–नपर्ने निक्र्यौल गरेर मात्र उपचार अघि बढाउँछन् । यस्तो पलाएको मासु बढेर असजिलो, पीडा वा संक्रमण भए उपचारको आवश्यकता पर्न सक्छ ।

कान्तिपुर/सप्ताहिक

The post म २५ वर्षीया अविवाहित युवती हुँ । मैले कसैसँग यौनसम्पर्क गरेकी छैन तर मलाई यौनी बढे जस्तो लाग्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.