बाल कलाकार काजल नेपालीको निधन

बाल कलाकार काजल नेपालीको निधन भएको छ । बिहिबार राती अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा उनको निधन भएको हो । नेपाली गीत सङ्गीतमा बाल कलाकारको रुपमा अभिनय गर्दै आएकी बाल कलाकार काजललाई बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।

वि.सं २०६८ साल देखि म्युजिक भिडियोहरुमा अभिनय गर्दै आएकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन ।

आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, वैंश गयो हासेर लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखी फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन । काजल गायक तथा सामाजिक अभियान्ता रामजी नेपाली एवम् लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन ।

The post बाल कलाकार काजल नेपालीको निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.