ससुराको सेक्स अफर नमानेपछि…

सिराहा – जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको प्रस्ताव अस्विकार गर्दै आएका कारण बुहारीलाई कुटपिट भएको बुझिएको छ ।

गएको असोज ३१ गते श्रीमानसँग सामान्य विवाद हुँदा ससुरा रामसेवक महराले, छोरा अजय महराकै अगाडी बुहारी शोभा महरालाई मरणासन्न हुने गरि कुटपिट गरेको पीडितले बताइन् । आफूलाई ससुराले सबैका अगाडि मरणासन्न हुने गरि कुट्पिट गर्दा समेत श्रीमान अजयले बुबालाई नरोकेर रमिता हेरेको पनि शोभाले बताइन् ।

‘हामी लोग्ने स्वास्नीको सामान्य विवाद भयो । त्यही विषयमा ससुराले मलाई कुटपिट गरे । तर श्रीमानले एक शब्द पनि बोलेनन् । बुबालाई नकुट्नुस् पनि भनेनन्’ शोभाले भनिन्, ‘आमा बुबाकै कुरा सुनेर श्रीमानले किचकिच गर्छन् । ससुराको कुटाइबाट थला परे पनि उपचार गर्न समेत लिएनन् ।’

छोरीलाई ससुराले मरणासन्न हुने गरि पिटेको र उपचार गर्न समेत नलगेको भन्दै शोभाका माइतीले प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । ससुराको कुटाइबाट शोभाको अनुहार, आँखा, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । टाउकोमा गहिरो चोट लागेको छ ।

ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्धार गरेको थियो । अहिले माइती पक्षको निगरानीमा उनको मिर्चैयामा उपचार भईरहेको छ । उनका डेढ वर्षका एक छोरा छन् ।

घटना भएको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्याय नेतृत्वको टोलीले शोभालाई उपचारका लागि गोल बजार ल्याएको थियो भने ससुरा र अजयलाई पक्राउ गरेको थियो । पक्राउ परेका बाबु छोरा अहिले दैनिक तारिखमा रिहा भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडी मात्र घर आएको शोभाले बताइन् । श्रीमान् बिदेशमा हुँदा ससुराले विभिन्न कारणले पटक–पटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताईन् । श्रीमान बैदेशिक रोजगारीमा गएका बेला ससुराले शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपीट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

ईलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले घटनाको प्रकृति र पीडितको अवस्था हेर्दा पिडकलाई पक्राउ परेकै दिन मुद्धा चलाउनु पर्ने देखिए पनि पीडितको जाहेरी नआउदा मुद्धा दर्ता गर्न नसकेको बताए । उनीहरुलाई अहिले दैनिक तारिखमा छोडिएको र पीडितलाई बोलाएर थप कार्बाही अगाडी बढाउने उपाध्यायले जानकारी दिए ।

साभार : महिला खबरबाट

The post ससुराको सेक्स अफर नमानेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.