मानिसको मन यतिसम्म पनि निर्दयी बन्न सक्दो रहेछ की १० वर्षकी बालिकालाई बलात्कार ८५ वर्षका वृद्धले बारिमा लगेर बलात्कार गरेका छन । गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँले यस्तो हर्कत गरेका हुन ।
बालिकाकी आमा सुस्तमनस्थितिकी छन अनि बाबु कामका लागि भारतमा ,परिवारलाइ निर्धो देखेर मियाले यस्तो आँट गरे ।
बुधबार दिउँसो साढे ४ बजे बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए ।
बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । वृद्ध मियाँले यसअघि पनि बालिकालाई पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीको भनाई छ । आँफुले गरेको काम कसैलाइ नभन्ने गरि अहिलेसम्म पटक पटक बलात्कार गरेको समेत बुझिएको छ ।
छिमेकी बालिकालाइ गरिएको यस्तो अपराधले गाँउलेहरुलाइ दुखि बनाइको छ । उनिहरु आप्ना नानिबावुलाइ समेत प्रलोभनमा पार्ने चिन्तामा छन । गाँउलेहरु भरपर्दो सुरक्षा ब्यावस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन ।
प्रहरीका अनुसार मियाँले १०र२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए ।
रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम लगिएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो । tinaukhabar
The post १० वर्षकी बालिकालाई ८५ वर्षका वृद्धले गरे १०रुपैयाँ दिएर बलात्कार… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.