सेना प्रहरी बिना नै चलिरहेको संसारकै अचम्मका देशहरु

एजेन्सी , कुनै पनि देशका लागि शान्ति, सुरक्षा र अमन-चयन राख्न सेना र पुलिसको आवश्यक पर्दछ । ठुल्ठुला प्राकृतिक विपदमा होस् वा कुनै राष्ट्रिय दिवसमा नै । हरेक पल देशमा सेना र पुलिसको आवश्यक पर्दछ । तर संसारमा यस्ता राष्टहरु पनि छन् जहा नत सेना छ नत पुलिसनै । तर पनि ति देशमा शान्ति , सुरक्षा र अमन चयन संगै बिकाश तिब्र गतिमा अगाडी बढिरहेको छ ।

१. कोस्टारिका
कोस्टारिका अमेरिका महादेशको मध्य तथा क्यारेबियन क्षेत्रमा रहेको छ । ४५,८६,३५३ कुल जनसंख्या रहेको कोस्टारिकामा सेना र पुलिस छैन् । यस अघि कोस्टारिकामा सेना पुलिस नभएको भने होइन । सन् १९४८ मा सेनाहरुले विद्रोह गरेर सत्ता ‘कु’ गर्न खोजेका खोजे पनि असफल भएको थियो । त्यसैगरी राष्ट्रपतिको चुनावमा सेनाले धाँधली गरेपछि लगातार सेनाको हस्तक्षेप् लाई अन्त गर्न त्यहा सन् १९५३मा भएको संविधान सभाले बनाएको संविधानबाट देशमा सेना राख्ने प्रावधाननै खारेज दियो । सन् १९५३मा संविधान जारी भएदेखि अहिले सम्म १४ पटक राष्ट्रपति चुनाव भइ सकेको छ । अहिले कोस्टारिकामा कुनैपनि खालका हिंसात्मक गतिविधि भएको छैन र शान्तिपूर्ण तवरले विकास गतिमा देश अघिबढिरहेको छ ।

२. भ्याटिकन सिटी
भ्याटिकन सिटी भूभाग र जनसंख्याका हिसाबले संसारको सबैभन्दा सानो मुलुक हो । इसाई धर्मको क्याथोलिक चर्चको मुख्यालयसमेत रहेको भ्याटिकन सिटीको कुल जनसंख्या ८३२ रहेको छ । इटलीको रोम शहर नजिकै रहेको यो देशको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर रहेको छ । भ्याटिकन सिटीका प्रमुख क्याथोलिक चर्चको प्रमुख तथा पोप रहने गर्दछन् । भ्याटिकन सिटी सेना पुलिस छैन् ।

३.तिभालु
प्रशान्त महासागरको एक स्नो दिपमा अवस्थित तिभालुको कुल क्षेत्रफल २६ बर्ग किलोमिटर रहेको छ । १०६४० कुल जनसंख्या रहेको यो देशमा सेना छैन । तर सुरक्षाका लागि १०० गार्ड भने रहेका छन् ।

४.ग्रेनाडा
ग्रेनाडा दक्षिण पूर्वी कैरेबियन सागरको ग्रेनेडियन्स के के दक्षिणीमा अवस्थीत रहेको छ । ३४४ बर्ग किलोमिटरमा फैलिएको ग्रेनाडाको कुल जनसंख्या १,१०,००० रहेको छ ।यसअघि सन् १९८३ मा सम्म सेना रहेको थियो । लगातारको बिदेशी हस्तक्षेप र सैनिक विद्रोह पछि सन् १९८३ बाट सेना हटाईएको थियो ।

५.नाउरु
दक्षिण प्रशांत महासागरमा एक द्धिपमा अवस्थित रहेको देश हो । यसको कुल क्षेत्रफल २१ वर्ग किलोमिटर रहेको छ । १४,००० कुल जनसंख्या रहेको नाउरुमा सुरक्षाको जिम्मेवारी भने अस्ट्रेलियाले लिएको छ ।

६.अन्डोरा
सन् १२७८ देखि यूरोपमा अस्तित्वमा रहेको अन्डोराको कुल क्षेत्रफल ४६८ वर्गकिलोमिटर रहेको छ । फ्रान्स र स्पेनको बिचमा रहेको अन्डोराक कुनैपनि पसल वा सपमा मानिस बस्ने गर्दैन्न । यहा चोरीको कुनै डर छैन । ८५,४७० कुल जनसंख्या रहेको अन्डोरा भविष्यमा आइपर्ने समस्याका लागि सुरक्षाको जिम्मा भने फ्रान्स र स्पेन लाई दिएको छ ।

The post सेना प्रहरी बिना नै चलिरहेको संसारकै अचम्मका देशहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.