डुबी सकेका बबी देवललाइ सलमान खानले दिए हात

बलिउड अभिनेता बबी देवल फिल्म क्षेत्रमा निकै डुब्दै गइरहेका थिए र उनको यतिबेला करिअर निकै संकटमा परेको छ । उनले लामो अन्तरालमा फिल्म ‘पोष्टर व्वाईज’ बाट पुनरागमन गरेका थिए । तर, यो फिल्मले बक्स अफिसमा लामो सास पनि फेर्न पाएन । ‘पोस्टर व्वाइज’ले आफ्नो डुब्दै गरेको करिअरलाई जगाउने बबिको आशा थियो, जुन पुरा हुन सकेन । तर, अहिले उनको लागि अर्को अवसर जुरेको छ । उनी बलिउड सुपरस्टार सलमान खानको फिल्म रेस ३ मा अनुवन्धित भएका छन् ।

भारतीय मिडियाका अनुसार सलमान खान स्वयम्ले बबिलाई फिल्मको अफर गरेका थिए । फ्लप हिरोलाई सलमानले यति भाउ दिनुलाई आश्चर्यको रुपमा हेरिएको छ । रेस र रेस २ को बजेट करिब २ सय २० करोड भारु थियो । त्यसैले अनुमान गर्न सकिन्छ कि रेस ३ को बजेट ३ सय करोडको आसपास हुनेछ । यति ठूलो बजेटको फिल्ममा काम गर्न पाउने बबिले सायदै सोचेका थिए । फिल्मका प्रोड्यूसर रमेश तौरानीले बबिलाई फिल्ममा साइन गराउनुको कारण खुलाउँदै भने, ‘मैले पहिले पनि बबिसँग सोल्जर र नकाब फिल्ममा काम गरिसकेको छु । उनीसँग मेरो अनुभव निकै सुखद छ । उनी एकदमै प्रोफेसनल छन् र आफ्नो काममा इमान्दार छन् ।’ रेस ३ मा बबिलाई यसअघि कहिल्यै नगरेको भूमिका दिइएको तौरानीको भनाई छ ।

यो फिल्म पाउनु बबिका लागि चिठ्ठा परे झैं मानिएको छ । लामो समयदेखि उनी ठूलो ब्यानरको फिल्मको पर्खाईमा थिए । फिल्म नपाएर उनी डिप्रेसनमा पनि पुगेका थिए । पछिल्लो १० वर्षदेखि उनले कुनै पनि हिट फिल्म दिन सकेका छैनन् । रेस ३ का लागि अमिताभ बच्चनलाई पनि अफर गएको थियो, तर उनले खेल्न मानेनन् ।

The post डुबी सकेका बबी देवललाइ सलमान खानले दिए हात appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.