मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान !

एजेन्सी। निकै असाधारण रोगका कारण मृत्युको मुखमा पुगिसकेकी अमेरिकाको एरिजोनाकी १२ वर्षकी एनालिस लुजानको ज्यान गाँजाले बचाएको छ ।

लुजान त्यतिबेला मृत्युको मुखमा पुगिसकेकी थिइन् जब उनलाई निकै दुर्लभ एपिलेप्सी सिन्ड्रोम नामको रोग लागेको थियो । यो रोगका कारण दिमागले ठिकसँग काम गर्दैन र लगातार बेहोसी तथा झट्काका कारण व्यक्तिको मृत्यु हुन्छ ।

१२ वर्षकी एनाजिस एक जिम्नास्टिक मिटमा थिइन् । यत्तिकैमा उनलाई उल्टी हुन थाल्यो र खुट्टाले काम गर्न छाडे । उनका आमाबाबुले उनलाई तत्काल अस्पताल लिएर गए । अस्पतालमा उनको मस्तिष्कलाई मर्नबाट बचाउनको लागि डाक्टरहरुले यसलाई अचेत गरिदिए ।

जाँचपछि डाक्टरहरुले बताए एनालिसलाई निकै विचित्र किसिमको रोग लागेको छ । डाक्टरले उनको उपचार सुरु गरे तर उनीमाथि कुनै औषधीले असर गरिरहेको थिएन ।

औषधीले असर नगरेपछि डाक्टर र एनालिसको परिवार दुवै चिन्तित थिए । यही बीचमा एनालिसकी आमाले एक किताबमा लेखिएको अनुसन्धानमा पढिन् गाँजाको तेलबाट बनेको औषधी क्यानाबिडियलबाट यो रोगको उपचार सम्भव छ ।

एनालिसकी आमाले यस बारेमा डाक्टरसँग कुरा गरेपछि अस्पतालको अनुमतिमा यो औषधी परीक्षण गरियो । आश्चर्यको कुरा एनालिस यो औषधीको ३ डोजले ठिक भइन् । यो केडिकल साइन्समा निकै ठूलो उपलब्धी थियो ।

The post मृत्युको मुखमा पुगिसकेकी बालिकाको गाँजाले बचायो ज्यान ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.