बाग्लुङ बाट आयो दुखद खबर , ७१ वर्षीय वृद्ध र गर्भवती महिला….. बाँकि पढ्नुहोस्

बागलुङ, १५ असोज । सारा नेपालीहरु हर्षोल्लासका साथ विजया दशमी मनाउदै गर्दा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ की एक जेष्ठ नागरिक र गर्भवती महिला छिमेकीको आश्रयमा बस्नु पर्ने वाध्यतामा परेका छन् ।

साविक लेखानी गाविस वडा नं. ९ कादेश थानापट्टी निवासी ७१ वर्षीया हरिकला जिसीको घरमा विद्युत सर्ट भएर बुधवार राती आगलागी हुदाँ परिवार विस्थापित बनेको हो । घरमा आगोलागी भएपछि ७१ वर्षीया हरिकला र उनकी गर्भवती बुहारी छिमेकी पदमबहादुर जिसीको घरमा आश्रय लिएर बसेका छन् । गर्भवती बुहारीको सुत्केरी हुने दिन कटि सक्यो, सुत्केरी भएपछि कसरी व्यवस्थापन गर्ने, अर्काको घरमा सुत्केरीलाई कसरी स्याहार सुसार गर्ने भन्ने पिरलोले हरिकला चिन्तित तुल्याएको छ । दशै समेत छिमेकीको घरमा मनाउनु परेको हरिकलाले जानकारी दिनुभयो । दशै त हाम्रा लागि दशा बनेर आयो, परिवारको विचल्ली भयो, पीडित हरिकलाले गुनासो गर्नु भयो ।

बुधवार राती एक्कासी आगोलागी भएपछि ज्यान मात्र बचाउन सकेको हरिकलाले बताउनु भयो । आगलागीबाट हरिकलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको नगद १ लाख ५० हजार, २ तोला सुन सहित १२ लाख बराबरको सम्पत्ती नष्ट भएको पीडितले बताएका छन् ।

छोरा रोजगारीका लागि घर बाहिर गएको, बुहारी स्वास्थ्य परिक्षणका लागि सदरमुकाम गएको समयमा एक्कासी आगलागी हुदा आफुले ज्यान जोगान धौ धौ भएको ७१ वर्षीय हरिकलाले बताउनुभयो ।

घरमा भएको नगद, गरगहना सहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएपछि परिवारको व्यवस्थापन गर्न निकै कठिन भएकोले सबैलाई सहयोगका लागि अपिल गरिएको स्थानीय बेलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँले पीडितको सहयोगका लागि आगलाती पीडित राहत संकलन समिति गठन गरी सहयोग संकलन अभियान थाल्ने तयारी भएको जानकारी दिनुभयो । आगलागीबाट पीडित परिवारको सहयोगका लागि वडा कार्यालय, गाउँपालिका लगायत अन्य निकायमा अनुरोध गर्ने गरी राहत संकलन समिति गठन गर्ने जनाइएको छ ।
साभार: सत्य समाचार

The post बाग्लुङ बाट आयो दुखद खबर , ७१ वर्षीय वृद्ध र गर्भवती महिला….. बाँकि पढ्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.