रायपुर। सामाजिक संजालमा ब्लाउज फ्रि साडीको क्याम्पेन चलिरहेको छ। यो क्याम्पेनमा मोडलदेखि सुन्दरी मलिला विना ब्लाउज साडी लगाएर फोटो अपलोड गरिरहेका छन्।
यद्यपी यसलाई फेशन मानिएको छ तर, छत्तीसगढका आदिवासी क्षेत्रमा ब्लाउज फ्रि साडी चलन शताब्दीदेखि चलिआएको छ। आज पनि यहाँका ट्राइबल महिला ब्लाउज फ्रि साडी लगाउँछन्।
छत्तीसगढका आदिवासी इलाकामा आजपनि खेतमा ब्लाउज लगाएर महिलाहरु काम गरिरहेको देख्न सकिन्छ। यसलाई स्थानीय भाषामा गातीमार स्टाइल भनिन्छ। र यो परम्परा एक हजारवर्षदेखि चलिआएको छ।
आदिवासी इलाकाका महिलाको भनाइ अनुसार यो स्टाइल सुविधाजनक हुनुका साथै खेतमा काम गर्न र भाडी बोक्न सजिलो हुन्छ। जंगली इलाकामा चर्को गर्मीका कारण यस्तो साडी लगाउँदा उनीहरु राहत महशुस गर्छन्।
अब आधुनिक फेशनले पनि यो इलाकालाई चर्चामा राखेको छ। यो पटक आदिवासी इलाकामा मात्र होइन, माया नगरी मुम्बईमासमेत कयौं ठाउँमा यो फेसन देख्न सकिन्छ।
इन्टाग्राममा चलाइएको क्याम्पेन ब्लाउज फ्रि साडीजमार्फत महिलाहरुले भाग लिएका छन्। यो क्याम्पेनमा महिलाहरु बिना ब्लाउज साडीमा आफ्नो फोटो शेयर गरिरहेका छन्।dcnepal
The post यहाँका महिला किन लगाउँदैनन ब्लाउज? यस्तो छ कारण appeared first on Taja nepali news.
http://ift.tt/2h0hD2e

Post a Comment
Thanks.