एक लाख वर्षपछि यस्तो देखिने छ मानिसको अनुहार, पत्याउनुहुन्छ ?

वैज्ञानिक खोजबाट पत्ता लागेको कुरा हो कि मानिसको पूर्खा बाँदर हो । तपाईंले हेर्नुभयो भने बाँदरकोभन्दा हाम्रो अनुहार धेरै गुण राम्रो देखिन्छ । आठ लाख र दुई लाख वर्षको बीचमा पृथिवीको जलवायुमा आएको तीव्र परिवर्तनले मानव मस्तिष्क र खोपडीको आकार तीन गुणा बढाएको थियो । यसले गर्दा अनुहार थेप्चिन पुग्यो ।

तर भविष्यमा मानिसको अनुहार कस्तो देखिएला ? गूगल ग्लास जस्ता नयाँ प्रविधिका कारण हाम्रा शरीर र अनुहारमा कस्तो परिवर्तन आउलान् ?

कलाकार तथा अनुसन्धाता निकोले लामले एक कम्प्युटेसनल जेनेसिटिस्टसँग सहकार्य गरेर मानवजाति अबको बीस हजार वर्ष, अझ एक लाख वर्षमा कस्तो देखिनेछ भनी चित्र बनाएका छन् ।

अहिलेका सामान्य मान्छे यस्तो देखिन्छन् :

बीस हजार वर्षमा मानिसको टाउको झन् ठूलो हुनेछ र निधार पनि विशाल नै देखिनेछ । आँखावरिपरिको पहेंलो घेरालाई ‘कम्युनिकेसन्स लेन्स’ ले प्रतिनिधित्व गर्छ । यी लेन्सहरू भविष्यका गूगल ग्लास हुन् ।

६० हजार वर्षमा चाहिँ मानिसको टाउको झन् धेरै बढ्नेछ अनि आँखा पनि ठूलठूला हुनेछन् । छालामा रंग आउनेछ । आँखीभौंमुनिको क्षेत्र झन् गाढा कालो हुनेछ । कानमाथि ससाना हड्डी कन्डक्सन डिभाइस राखिनेछ जसले कम्युनिकेसन लेन्ससँग मिलेर काम गर्नेछ ।

एक लाख वर्षमा मानिसको अनुहारमा साह्रै ठूला आँखा हुनेछन् । आँखामा हरियो चमक आउनेछ । lokaantar

The post एक लाख वर्षपछि यस्तो देखिने छ मानिसको अनुहार, पत्याउनुहुन्छ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.