भाइटीकाको यो हो शुभ मुहूर्त, यसरी गर्नुस् पूजा, यी हुन् प्रमुख मन्त्र

काठमाडौं, ३ कात्तिक — तिहारको पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन भाइटीका पर्छ । भाइटीका पर्व दिदीभाइको पवित्र प्रेमको प्रतीक हो ।

यो दिन दिदीबहिनीको घरमा गएर भोजन गर्दा दाजुभाइको उमेर बढ्ने मान्यता छ । त्यस्तै दाजुभाइलाई भोजन गराएर दिदीबहिनीले पनि सुखसमृद्धि पाउने मान्यता पनि छ ।

धर्मग्रन्थहरूका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्नो घरमा दाजु यमराजलाई बोलाएर सत्कारपूर्वक भोजन गराउनुभएको हो । त्यसैले पनि आजको दिनलाई यमद्वितीया भन्ने चलन छ ।

यमुनाको सत्कारबाट प्रसन्न भएका यमराजले यस्तो वर दिएका थिए : आजको दिन यमुनामा स्नान गरेर यमराजको पूजन गर्ने मानिसले यमलोक देख्नुपर्दैन ।

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । हुन त बिहान नौ बजेदेखि दिउँसभरि नै टीकाको साइत छ ।

पूजनविधि
शुरूमा दीप, कलश र गणेशको स्थापना गर्नुपर्छ । त्यसपछि दिदीभाइ मिलेर यमराज, चित्रगुप्त, यमुना र यमदूतहरूको पूजा गरेर अर्घ्य दिनुपर्छ । अनि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।

यो मन्त्र पढ्दै यमराजको प्रार्थना गर्नुस् :

धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
पाहि मां किंकरैः सार्द्धं सूर्यपुत्र नमोस्तुते ।।

त्यसपछि दाजुभाइलाई बीच आसनमा राखेर दूबोले तेलको घेरा बनाएर तीनचोटि घुम्नुपर्छ । अनि ढोकाको छेउमा लगेर ओखर फोर्नुपर्छ ।

दाजुभाइलाई सप्तरंगी टीका लगाउनुपर्छ । टीका लगाएपछि उपहार दिनुपर्छ । किस्तीमा सजाइएका ओखर, कटुस, दही लगायतका वस्तु खुवाउनुपर्छ । अनि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र वस्त्र उपहार दिनुपर्छ ।

त्यसपछि विसर्जन गर्दै पूजा टुंग्यानुपर्छ ।

यसको लामो विधि पनि छ । यहाँ भने संक्षिप्त विधि मात्र दिइएको हो ।

भाइटीकामा मृत्युदेव यमराज र यमुना अनि दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई पूजा गर्ने प्रचलन छ । तल लेखिएका मन्त्र पढेर पूजा गर्नुहोस् ।

यमराज प्रार्थना
ऊँ त्वमेव वैवस्वत विश्वमूर्तिस्त्वमेव कालः कलनान्तरात्मा ।
त्वमेव मृत्युः पुरुषस्त्वमेव प्रसीद देवेश नमो नमस्ते ।।

यमुना प्रार्थना
ऊँ यमस्वसुर्नमस्तेस्तु सूर्यपुत्रि नमोस्तु ते ।
लोकमातर्नमस्तेसतु नमस्ते विष्णुवल्लभे ।।
वरदा भव मे नित्यं यमुने लोकपूजिते ।

यमदूत प्रार्थना
ऊँ नमोस्तु यमदूतेभ्यो बलिनां ये महाबलाः ।
मनोनिलाक्रान्तवेगाः पाशमुद्गरधारिणः ।।
मम सौख्यकराः सन्तु पीडयन्तु न मां क्वचित् ।
ममापचरितं सर्वं विस्मरन्तु दयालवः ।।

यमुनापरिचारिका प्रार्थना
ऊँ पूजयामि नमस्तुभ्यं यमुनापरिचारिकाम् ।
क्षमस्व मम कल्याणि यमुनापरिचारिके ।।

दिदीबहिनीले दाजुभाइलाई गर्ने प्रार्थना
ऊँ मार्कण्डेय नमस्तेस्तु नमस्ते महदायुषे ।
चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।
आयुः प्रद महाभाग सोमवंश समुद्भव ।
महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोस्तु ते ।।
भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात् ।
तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि ।।
आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता ।
वाक्पटुत्वमजाड्यञ्च जायतां तव सर्वदा ।।
दाजुभाइले दिदीबहिनीलाई गर्ने प्रार्थना
ऊँ त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं त सरस्वती ।
त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।।
आयुर्लक्ष्मीर्धनं धान्यं पाश्वादिकमरोगिता ।
सर्वं त्वदर्चनाद्दीप्तं भवेज्जन्मनि जन्मनि ।।
पतिपुत्राधनैश्वर्यं सौभ्रात्रं जन्मजन्मनि ।
अक्षयं जायतां देवि धर्मराजप्रसादतः ।।

The post भाइटीकाको यो हो शुभ मुहूर्त, यसरी गर्नुस् पूजा, यी हुन् प्रमुख मन्त्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.