काठमाडौँ महानगरका मेयर उम्मेदवार रन्न्जु दर्शनाबारे भयो कसैले नसोचेको यस्तो खुलाशा

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै एकाएक चर्चामा आएकी युवती हुन रञ्जु दर्शना । देशकै महत्वपूर्ण र ठूलो काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने २१ वर्षीय रञ्जुको हिम्मतको तारिफ नगर्ने सायदै होलान् । विवेकशील नेपाली दलबाट उम्मेदवार बनेर चुनाव लडेकी दर्शनाले तेस्रो स्थानमा रहँदै सम्मानजनक मत पनि ल्याएकी छन् । आजसम्मको मतगणनामा उनले १० हजार मत कटाएकी छन् । यो उनका लागि ठूलो सफलता नै हो ।

अब कुरा गरौं विवेकशील दलको

व्यक्तिगत रुपमा रञ्जु दर्शना आँट र हिम्मत भएकी महिला हुन् । र, उनले नेतृत्व पनि गर्न सक्छिन् भन्ने कुरामा दुईमत छैन् । तर, पार्टीको कुरा गर्ने हो भने भुमिका शंकास्पद देखिन्छ । विवेकशील नेपाली दलले उठाएका हरेक एजेण्डा नेकपा एमालेसँग मिल्दोजुल्दो हुने गर्दछ । विवेकशील दलले त्यो मुद्दामा विरोध गर्यो जुनमा एमाले थियो ।

उदाहरणका लागि अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरण होस् चाँहे डीआईजी नवराज सिलवाल होस् वा प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग प्रकरण । यी सबै एमालेले उठाएका मुद्दा हुन् जसमा विवेकशील दल पछाडी पछाडी लागेर हिडेको देखिन्छ । यसबाट के बुझिन्छ भने विवेकशील एमालेको निर्देशनमा चल्ने पार्टी हो ।

काठमाडौंको टिचिङ हस्पिटलमा बसेर चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्ने डा गोविन्द केसी होस वा त्यो कदममा खुलेरै साथ दिने विवेकशील दल अख्तियार प्रमुख लोकमान हटेपछि अस्ताए ।

काठमाडौंमा घण्टौं लोडसेडिङ हुँदा, धुलो धुवाले स्थानीयलाई सास्ती हुँदा यी विषयमा न त गोविन्द केसी अनसन बसे नत विवेकशील नै बोल्यो । लोकमानविरुद्ध महाअभियोग लाउनुपर्ने भन्दै अनसन बस्ने गोविन्द र सडकमा रमिता देखाउने विवेकशील जनताका प्रत्यक्ष समस्या समाधानलागि न त आवाज उठाए न त कुनै पहल गरे ।

अहिले विवेकशील दलले रञ्जु दर्शनालाई काठमाडौंको मेयरमा उठाएको छ । २१ वर्षकी युवती पपुलर छे भनेर उनलाई अगाडि सारियो । सुत्रहरुका अनुसार उनलाई योग्यताका आधारमा नभई पब्लिसिटी र कांग्रेस माओवादीको भोट काट्न एमालेकै डिजाइनमा अघि सारिएको रहेछ । उनले चुनावमा अहिलेसम्म १० हजार भोट कटाएकी छन् । यदि रञ्जुले पाएको भोट कांग्रेसका थिए र कांग्रेसले पाएको भए महानगरमा कांग्रेस जित्ने सम्भावना बढी रहन्थ्यो । तर, रञ्जुले ती भोट काटिन् । उस्तै, पनि संगठनमा बलियो एमालेको भोट फिक्स छ । रञ्जुदेखि किशोर थापासम्म जोसुकै उठेपनि तलमाथि हुने सम्भावना छैन् । अहिले जति भइरहेको छ त्यो कांग्रेस लगायत अन्य दलको हो ।

त्यस्तै, सामाजिक सञ्जाल फेसबुकमै हेर्ने हो भने विवेकशीलले रञ्जु दर्शनाको प्रचारका लागि प्रमोसन लगायत विधामा अरबौं खर्च गरेको पाइएको छ । एक अनुसन्धानात्मक प्रतिवेदनमा यतिसम्म लगानी गरेको पाइएको हो । जबकी यत्रो प्रचार कांग्रेस माओवादीले गर्न सकेका छैनन् ।

शेरबहादुर, प्रचण्ड भ्रष्टाचारी होलान । १० वर्षदेखि राजनीति गर्दै साँंसद छन् । तर, विवेकशीलले यत्रो प्रचार गर्यो कि त्यति त देउवा प्रचण्डले गरेका छैनन् । रोचक कुरा त के छ भने विवेकशील पार्टी सत्तामा गएको पनि छैन् न त ठूलो संगठन नै छ । अनी कहाँबाट आयो यत्रो पैसा ? यो गम्भीर प्रश्न खडा भएको छ ।

सुत्रहरुलाई मान्ने हो भने यो पैसा एमालेको आग्रहमा युरोपियन युनियनले अनुदानमा दिएको हो । यहाँनेर प्रश्न आउन सक्छ कि एमालेले विवेकशीलका लागि किन पैसा मागिदियो ? किनकि एमाले कांग्रेस र माओवादीलाई समाप्त पार्न चाहन्छ । त्यसका लागि उसले बाहिर राष्ट्रवादको ढोल पिटिरहेको छ भने भित्र विवेकशील, साझा पार्टी जस्ता संगठन बनाएको छ, जसले कांग्रेस र माओवादीको भोट काटोस र आफूले चाहेको गर्न सकौं भन्ने एमालेको योजना छ । जस्तोकी एमालेले संघीयता र धर्मनिरपेक्षता हटाउन विभिन्न प्रयासहरु गरिरहेको छ ।

यदि कांग्रेस र माओवादी समाप्त भयो भने आफूले चाँहेका कुरा पुरा गर्न एमालेलाई सकैले रोक्न सक्दैन् । त्यसकारण यो सबै डिजाइन एमालेकै हो भन्नेमा दुईमत छैन् ।nepalpana

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.