बोक्सीको आरोपमा ज्यान गुमाएकी लक्ष्मीको सात महिना पछि दाहसंस्कारः नाबालक छोराका रुवाइले सबैका आखाँ रसाए

काठमाडौँ, असार ४- बोक्सीको आरोपमा कुटपिट बाट झण्डै सात महिना पहिले ज्यान गुमाएकी काभ्रेकी लक्ष्मी परियारको एक श्रद्धान्जली कार्यक्रम सहित अन्त्यष्टी गरिएको छ ।

आइतबार बिभिन्न दलित संघसंस्था तथा अधिकारकर्मीहरुको सयुक्त पहलमा पशुपति आर्यघाटमा उनको अन्यत्यष्टी गरिएको हो । श्रद्धान्जली कार्यक्रममा शोक मन्त्व्य राख्दै पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले लक्ष्मी परियारको हत्या हुनु नेपाली समाजमा दलितले भोग्दै आएको उत्पीडनको परिणाम भएको बताए ।

राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव सितारामघलेले घटना प्रति दुख व्यक्त गर्दै दलित आन्दोलन प्रभावकारी रुपमा अगाडि बढाउन सके लक्ष्मीको आत्माले शान्ति पाउने बताए । काभ्रेमा सामान्य जिवन बिताउदै आएकी लक्ष्मी परियारलाई गत मंसिर २० गते स्थानीय शिक्षक हिरा लामाले बोक्सीको आरोपमा निर्मम रुपमा कुटपिट गरेका थिए । ।

शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्ट अनुसार सोही कुटाईबाट लक्ष्मीको मृत्य भएको हो । घटनाका दोषि भनिएका हिरा लामा अहिले प्रहरी हिरासतमा रहेका छन् ।

लक्ष्मीको मृत्यु पश्चात उनका ३ नाबालक छोराहरुको बिचल्ली भएको छ । त्यस माथि श्रीमान मिलन परियारलाई समेत घटनाको दोषी भनि प्रहरी हिरासतमा राख्दा लक्ष्मीको परिवारले थप पिडाको सामाना गर्न परेको छ ।

सरकारले अजित मिजार सहित लक्ष्मी परियारलाई पनि १० लाख क्षतिपुर्तिको उपलब्ध गराएपछि उनको आज दाहसंस्कार गरिएको हो ।
दलित अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही र क्षतिपुर्तिको व्यबस्था नगरे सम्म लास नबुझ्ने अडान लिएका थिए ।
लक्ष्मीको अन्त्यष्टीमा उनका तिन छोराहरुको पनि सहभागीता रहेको थियो । उनीहरुको रोदनले उपस्थीत सवैको आँखा रसाएका थिए ।

source :-247khabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.