कोरियामा दश दिनमा पाँच नेपाली कामदारको मृत्यु

दक्षिण कोरिया(सोल) : पछिल्लो दश दिनको बीचमा दक्षिण कोरियामा पाँच नेपाली कामदारको मृत्यु भएको छ । ईपिएसमार्फत काम गर्न कोरिया पुगेका नेपालीहरुको मृत्यु संख्या बढ्दै गएपछि नेपालीहरु चिन्तित बनेका छन् । दश दिनको बीचमा दुई जना नेपालीले आत्महत्या गरेका छन् । दुई नेपालीले काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन् भने गएराति एक नेपाली सुतेको अवस्थामा मृत भेटिएका हुन् ।

म्याग्दीका २७ बर्षीय शिव कुमार कार्की सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी कोरियाको खिम्फोस्थित उनी कार्यरत कम्पनीको होस्टलमा बस्दै आएको कोरियन प्रहरीका लागि भाषा अनुवाद गर्ने नेपाली उमेश बस्नेतले बताउनुभयो । करिब नौ महिना अघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कामका लागि उनी कोरिया आउनु भएको हो । मृतक कार्कीको शव अहिले किम्फोस्थित अस्पतालमा राखिएको र प्रहरीले अनुसन्धान जारि राखेको बस्नेतले बताउनुभयो ।

कोरियामा पछिल्लो समय एक पछि अर्काे गरि नेपालीको ज्याने क्रम बढेपछि यहाँ कार्यरत नेपालीको सुरक्षाको चिन्ता बढेको छ । मृतकहरुको विषमया यहाँको सरकारि निकायले वास्तविक रिपोर्ट सार्वजनिक नगरेको र नेपालका मातहतका निकायले चासो साथ अध्ययन पनि नगर्ने गरेको गुनासो नेपालीहरुको छ,

विकास श्रेष्ठ,अन्नपूर्णा पोस्ट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.