२० करोडको मण्डप, हिराको गहनाले मात्र सजिएकी बेहुली: यस्तो थियो ५५ करोडको विवाह

शाही शैलीमा बिहे गर्ने प्रचलन धेरै देशहरुमा चलि-आएको छ । यसरी बिहे गर्ने सुचिमा अर्को एउटा व्यक्तिको नाम समावेश भएको छ केरलाको एनआरआई व्यवसायी रवि पिल्लै । केरलाको एनआरआई व्यवसायी रवि पिल्लैले पनि आफ्नो छोरिको विवाह शाही शैलीमा गरेका छन् । त्यसैले उनलाई ‘फोर्ब्स पत्रिका’ ले १००० औ जना अरबपतिहरुको सुचिमा उनलाई पनि समावेश गरिसकेको छ । उनले आफ्नो छोरिको बिहे करिब ५५ करोड लागतमा गरेका छन्।

को-हुन् त रवि पिल्लै ? : २.८ अरब सम्पति भएको रवि पिल्लै केरलवासियोको सबै भन्दा धनि व्यक्ति हुन् । भने केरलको एनआरआई उद्योगपति मध्ये एक व्यक्ति हुन् । रवि पिल्लै आर.पी. समूह कम्पनीको मालिक समेत हुन् ।

बहुबलिको प्रोडक्शन डिजाइनले तयार गरेका थिए विवाह मण्डप : बलिउडको सबैभन्दा हिट फिल्म ‘बलिउड’ को प्रोडक्शन डिजाइनरले उनको छोरिको बिहेको मण्डपको डिजाईन तयार गरेका थिए । मण्डपको सजावट २०० जना प्रोफेसनल मानिसहरुले गरेका थिए भने मण्डपको डिजाइन तयार गर्न ७५ दिन लागेको थियो।

२० करोडको मण्डप : अरबपति रविको छोरिको लागी एक विशेष विवाहको सेट तयार गरिएको थियो । जुन बनाउन मात्रै २० करोड रुपैया खर्च भएको थियो।

कुल खर्च ५५ करोड : केरलको एनआरआई उद्योगपति रबि पिल्लैको छोरि डाक्टर आरतिको शाही विवाहमा एयरकन्डीशनर डाल बनाएइको थियो । यसलाई राजस्थानको शाही महलको रेखामा डिजाइन गरिएको थियो।

३०,००० पाहुना उपस्थित : विवाह समाहरोहमा ४२ देशबाट ३०,००० पाहुना आएका थिए ।

दुलहीलाई विशिष्ट शैली देखियो : रवि पिल्लैको छोरिले विवाहमा सुनको कुनै पनि गहना लगाएकी थिइनन् । उनले सबै गहना हिराको लगाएकी थिइन् । बेहुलीले लगाएको हिरा टाढासम्म चम्किएको थियो। त्यसैले विवाहमा आएका सबै जनाको ध्यान बेहुला र बेहुलीप्रति थियो । रविको छोरि र ज्वाई पेसाले डाक्टर हो । – बिगुल न्युज

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.