भोलिबाट लगातार तीन दिनसम्म भूकम्पपीडितको लागि दिइने ट्याक्सीको गोलाप्रथा हुने –

काठमाडौं , ६ असार। भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले भोलि असार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न लागिएको हो ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । यो कार्यक्रम टिभीमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ । आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका हुन् ।

विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ । सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।

भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो । अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ । निर्वाचान आचारसंहिताका कारण पटकपटक गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो ।
अनलाइनखबरबाट

http://ift.tt/2tnVTl5
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.