कुखुराको मासुको अत्यान्तै मिठो अचार यसरी बनाँउन सकिन्छ, हेर्नुस

प्रायजसो हामी विभिन्न सब्जीजन्य पदार्थबाट बनेका अचार मात्र खाइरहेका हुन्छौं– आलु, काँक्रो, लप्सी, टमाटरलगायतका । तर, मासुको अचार पनि कम्ती स्वादिलो हुँदैन । यहाँ कुखुराको मासुको अचार बनाउने तरिकाबारे चर्चा गरिएको छ । यसका लागि निम्न सामग्री जोरजाम गर्नुपर्ने हुन्छ ।

आवश्यक सामग्री

–कुखुराको मासु : ५ सय ग्राम

–सुकेको लसुन : १ पाउ

–अदुवा : आधा पाउ

–तेल : आधा माना

–जिराको धुलो : २ चम्चा

–टिम्मुरको धुलो : १ चम्चा

–मेथी, रायो, मुलाको बिउको
धुलो : केही

–खुर्सानीको धुलो : २ चम्चा

–चुक अमिलो : १ चम्चा

बनाउने विधि

सबैभन्दा पहिले कुखुराको मासुबाट छाला झिक्ने । एक ठूलो चम्चा पानी हालेर त्यसलाई मधुरो गरी आगोमा बफ्याउने । त्यसमा रहेको पानी सुकाउने । बफ्याइसकेको मासु मसिनो टुक्रा पारेर काट्ने । लसुन छोडाएर केस्रा पारी काट्ने, एक पोटी लसुनचाहिँ पिस्ने । अदुवा पनि त्यसै गर्ने, केहीलाई केस्रा बनाएर काट्ने अनि केहीलाई पिस्ने । सबै सामग्री तयार भएपछि कराहीमा आधा माना तेल तताउने । तातेको तेलमा टुक्रा पारेर राखिएको मासु ओइरिने । मासुलाई खैरो पारेर भुटिसकेपछि मसला हालेर आगोमा केहीबेर राख्ने अनि मोल्ने । अब कुखुराको मासुको अचार तयार भयो, खाना या खाजासँग मिलाएर खान सकिन्छ ।

The post कुखुराको मासुको अत्यान्तै मिठो अचार यसरी बनाँउन सकिन्छ, हेर्नुस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.