“यति माथि पुगिएला भन्ने थिएन” – नेपाल आइडल बनेपछि आफ्नो जीवन कायापलट भयो : बुद्ध

नेपाल आइडल बनेपछि आफ्नो जीवन कायापलट भएको बुद्ध लामाले बताएका छन् । मंगलबार पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भएका उनी केही छिन् भावुक पनि बने ।

‘दोहोरी साँझमा गाउँथेँ,’ उनले भने, ‘५५ सय रुपैयाँ तलब थियो । यति नै होला मेरो जिन्दगी, संगीतमा मैले गर्ने भनेको यति नै होला भन्ठान्थेँ । त्यहाँभन्दा माथि पुग्छु भनेर सोचेको थिइनँ ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले जे आइपर्‍यो त्यही काम गरेको उनले बताए ।

‘नेपाल आइडल लाइभ इन यूके’ को जानकारी दिन आयोजित कार्यक्रममा बुद्धसहित पहिलो र दोस्रो रनरअप क्रमश: निशान भट्टराई र प्रताप दासले पनि आइडलको प्रशंसा गरे । उनीहरूले ६ महिना क्लोज क्याम्पमा रहँदा धेरै कुरा सिकेको बताए ।

‘टुँडिखेलको क्राउड देखेर छक्क परेको थिएँ,’ निशानले भने । प्रतापले भने टाइटल नजिते पनि जितेसरह नै महसुस भइरहेको प्रतिक्रिया दिए ।

जित्न जरुरी छैन भन्ने कुरा कतार गएपछि झनै आभास भएको उनको भनाइ थियो । यी तीन भाइसँगै होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा उपस्थित प्रमिला राईले बैंकको जागिर र सांगीतिक गतिविध सँगसँगै अघि बढाइरहेको बताइन् ।

समसारा युकेले गर्न लागेको ‘…यूके लाइभ’ का लागि बुद्ध, निशान, प्रताप र प्रमिला नोभेम्बर १ मा त्यसतर्फ लाग्दै छन् । उनीहरूले बेलायतका चार सहरमा प्रस्तुति दिने समसाराका राजाराम गिरीले अवगत गराए ।

‘ती कार्यक्रमबाट उठेको केही रकम तराईका बाढीपीडितलाई प्रदान गर्नेछौं,’ गिरीले भने ।

The post “यति माथि पुगिएला भन्ने थिएन” – नेपाल आइडल बनेपछि आफ्नो जीवन कायापलट भयो : बुद्ध appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.