कसरी निस्किन्छ शरीरबाट आत्मा, के हुन्छ मृत्युपछि ?

हिन्दु धर्ममा मृत्युपछि गरुड पुराण सुन्ने परम्परा छ । यस पुराणमा भगवान् विष्णुले आफ्नो वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौं गोप्य कुरा बताउनुभएको छ ।

मृत्युपछि जीवात्मा कसरी यमलोकतिर जान्छ भन्ने कुराको विस्तृत वर्णन गरुड पुराणमा गरिएको छ । पढ्नुहोस्, गरुड पुराणका केही रोचक तथ्य :

गरुड पुराणका अनुसार मर्न लागेको मान्छे बोल्न खोज्छ तर सक्दैन । अन्तमा उसका सबै इन्द्रियहरू नष्ट हुन्छन् र ऊ जड अवस्थामा पुग्छ । त्यसपछि उसको मुखबाट फिँज निस्कन थाल्छ र र्याल चुहिन थाल्छ ।

त्यतिखेर दुई यमदूत आउँछन् । उनीहरूको अनुहार एकदम डरलाग्दो हुन्छ र नङ लामालामा । आँखा ठूलाठूला भएका यी दूतको हातमा लट्ठी हुन्छ । यमदूतहरूलाई देखेर प्राणी डरले दिसापिसाब गर्न थाल्छन् । त्यस समयमा शरीरबाट बुढी औंलो जत्रो जीव हा हा शब्द निकाल्दै बाहिर निस्कन्छ अनि त्यस जीवलाई यमदूतहरूले समात्छन् ।

यमदूतले त्यो सूक्ष्म शरीरलाई समातेर यमलोक पु-याउँछन् । पापी जीवात्मालाई अपराधीलाई जस्तो घोक्र्याएर लगिन्छ अनि बाटोभरि त्यसले नरकमा पाउने दुःखको वर्णन गर्छन् । यमदूतहरूको यस्तो भयानक कुरा सुनेर पापात्मा रुन थाल्छ तर उनीहरू त्यसमाथि दया देखाउँदैनन् ।

त्यसपछि त्यो बुढी औंलो बराबरको शरीर डरले काँप्दै र कुकुरले टोकिँदै आफ्ना पापहरूको सम्झना गर्दै हिँड्छ । आगो जस्तो तातो हावा र तातो बालुवामा बल्लतल्ल त्यो हिँड्छ र भोकप्यासले तड्पिन्छ । यमदूतहरू त्यसलाई ढाडमा कोर्रा हान्दै लान्छन् । त्यो बाटोमा घरिघरि लड्दै बेहोश हुन्छ । यमदूतले त्यसलाई अँध्यारो बाटोबाट समेत यमलोक पु-याउँछन् ।

गरुड पुराणका अनुसार यमलोक यहाँबाट लाखौं किलोमिटर टाढा छ । धेरै यमदूतहरूले चुट्दै पिट्दै त्यहाँ पु-याएपछि पाप अनुसारको सजाय दिन्छन् । सजाय पूरा भएपछि जीवात्मा घुमेर बस्छ ।

पछि त्यो जीवात्माले शरीरमा पुनः प्रवेश गर्ने इच्छा राख्छ तर यमबन्धबाट मुक्ति पाउँदैन । असाध्यै पापी जीव छ भने छोरानातिले दिएको पिण्ड पनि त्यसले पाउँदैन र भोकप्यासले सताइएर तड्पिबस्छ ।

The post कसरी निस्किन्छ शरीरबाट आत्मा, के हुन्छ मृत्युपछि ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.