पिँधमा झलमल बलेको चमत्कारी इनार, जसले पूरा गरिदिन्छ मनको इच्छा

दुनियामा केही यस्ता रहस्यमय चिज हुन्छन् जसले प्रकृतिको नियमलाई नै चुनौति दिन्छन् । जमिनमा बनेको खाडलमा गहिराइ बढ्दै जाँदा अँध्यारो पनि बढ्दैजान्छ, किनकी तलसम्म प्रकाश पुग्न सक्दैन । तर यो शाश्वत सत्यलाई चुनौति दिएको छ एउटा इनारले ।

पोर्चुगलको सिन्तारामा रहेको एक इनारमा जति गहिराइमा गयो उति धेरै उज्यालो छ । यो इनारको पिँध निकै उज्यालो छ, बीचको भाग भन्दा । इनारको पिँध जमिनबाट प्रकाश निस्किरहेको छ र त्यो प्रकाशको रोशनी माथितर्फ आएको छ ।

लेडीरिनथिक ग्रोटा नामको उक्त इनारको आकार पनि अचम्मको छ । यो इनारको गहिराइ ४ तले घर जत्तिकै छ र यसको ब्यास तल घट्दै गएको छ । यसको आकार पनि अचम्मको छ र उल्टो टावरजस्तो देखिन्छ । इनारको बाहिरपट्ट िपनि कलात्मक पर्खाल तथा मूर्तिहरु कुँदिएको छ ।

इनारको पिँधमा कुनै बत्ति बालिएको छैन, तर त्यहाँ उज्यालो छ र प्रकाश कहाँबाट आएको छ ? त्यो रहस्यको विषय बनिरहेको छ । यो इनारलाई विशिङ वेल्स अर्थात् चिताएको कुरा पूरा गरिदिने इनारको नामले चिनिन्छ । मानिसहरु यो इनारमा सिक्का फ्याँकेर वर माग्ने गर्छन् । यो इनारभित्र सिक्का फाल्नाले मागेको वर पाइन्छ भन्ने आम मान्यता रहेको छ । इनार हेर्न आउने जो कोही मानिस अचम्ममा पर्छन् जब इनारको पिँधमा उज्यालो देखिन्छ । चारतले घरजत्तिकै गहिराइभित्र कहाँबाट प्रकाश आयो ? भन्ने विषय अहिले पनि रहस्यको विषय बनिरहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

The post पिँधमा झलमल बलेको चमत्कारी इनार, जसले पूरा गरिदिन्छ मनको इच्छा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.