एजेन्सी, क्रिकेटर विराट कोहलीले अभिनेत्री अनुष्काको राम्रो र नराम्रो बानिबारे खुलेर खुलासा गरेका छन् । अनुष्का र विराट प्रेमसम्बन्धमा रहेपनि उनीहरुले सार्वजनिक रुपमा भने प्रेममा रहेको कुरा स्वीकार गरेका छैनन् । फुर्सदको समयमा सधै एकसाथ हुने यी जोडी रेड कार्पेट, रेष्टुरेन्ट, विभिन्न कार्यक्रम लगायत जहाँ पनि सँगै देखिन्छन्।
उनीहरु मिडियाको अगाडी खुलेरै पोज पोजमा तस्वीर खिचाउँछन्। तर प्रेम सम्बन्धमा रहेको कुरा भने स्वीकार गर्दैनन्। मिडियासामू बोल्न लजाउने विराटले अनुष्काको बारेमा खुलेर कुरा गरेका छन्। उनले अनुष्कासँग आफ्नो तालमेल निकै मिल्ने बताए । अनुष्काले आफ्नो इमान्दारीका साथ ख्याल राख्ने बानी बिराटलेलाई निकै मन पर्ने बताएका छन्। त्यस्तै उनले अनुष्का जहाँ पनि ५ देखि ७ मिनेट ढिला आउने गरेको र यो बानी मन नपर्ने पनि बताएका छन् ।
The post क्रिकेटर विराटलाई आफ्नै प्रेमिका अनुष्काको यस्तो बानी मन पर्दैन ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.