सन्धिखर्क एक निवासी एकै परिवारका दुइ जनालाई आज नारायणी नदिले बगाउंदा बेपत्ता भएका छन् ।सन्धिखर्क एक निवासी नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची की साधारण सदस्य,संचारकर्मी तथा सामुदायिक रेडियो सुर्योदय एफ.एम.की समाचार प्रमुख अम्विका श्रेष्ठका श्रीमान चन्द्रमान श्रेष्ठ र उहाँका देवर राजकुमार श्रेष्ठ लाई आज देवघाटमा नारायणी नदीले बगाउंदा वेपत्ता हुनुभएको परिवार स्रोतले जनाएको छ ।
वुवाको सराद्ध गर्न भन्दै श्रेष्ठका पांच भाई नारायणी नदिको देवघाट जानुभएको र सोही क्रममा दुइ भाइलाई नदिले बगाउंदा बेपत्ता हुनुभएको खबरमा उल्लेख छ । नेपाल प्रहरी,परिवारजन लगायतको टोलीले उहाँहरुको खोजीकार्य जारी राखेपनि यो समाचार तयार पार्दासम्म कुनै पत्ता लाग्न नसकेको परिवारको भनाई रहेको छ ।
The post तिहार घर आँगनमा भित्रिएकै बेला नारायणी नदीमा डुबेर दाजु र भाइ बेपत्ता, appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.