काँधबाट उखेलियो हात, ट्याक्टर चलाइरहेका पितालाई भने ‘मेरो हात पछाडि छोडियो’

सानो गल्तीले ९ वर्षका एक बालकको हात काँधबाट पूरै उखेलिएको छ । ढिलो अस्पताल पुगेका कारण डाक्टरले हात जोड्न नसकेपछि ती बालक जीवनभर अपांग भएर बस्नुपर्ने भएको छ । ट्याक्टरमा हिँडिरहेका बेला सानो गल्तीका कारण ती बालकको हात उखेलिएको हो ।

ती बालकका पिताले उनलाई लिएर अस्पताल पनि गए । तर, ढिलो भएका कारण उनको हात जोड्न सकिएन । भारतको राजस्थानको जोधपुरका ती बाबुछोरा खेलमा गएका थिए । बबलु नामका ती बालक आफ्ना पिता गेपररामसँग खेलमा जुलेलो लिन गएका थिए । उनीहरुले खेतमा गएर ट्याक्टरको ट्रलीमा जुनेलो लोड गरे र त्यसलाई डोरीले बाँधे । घर फर्किंदा डोलीको एउटा टुप्पो भुइँमा लत्रिरहेको थियो । यो देखेर बबलुले त्यो टुप्पोलाई आफ्नो हातमा बेरे । बाटोमा खोला तर्ने क्रममा बबलुले समातेको डोरीको एक भाग टायरमुनि कुल्चियो । त्यही बेला ट्याक्टरलाई झट्का लाग्यो । डोरी तानियो । डोरी बबलुले आफ्नो हातमा बेरेका कारण डोरी तानिँदा बबलुको हात काँधबाटै उखेलियो ।

बालक आत्तिएर चिच्याए तर ट्याक्टरको आवाजका कारण ट्याक्टर चलाइरहेका पिताले थाहा पाएनन् । बबलुले चिच्याएर मेरो हात पछाडि छोडियो भनेपछि बल्ल पिताले थाहा पाए र ट्याक्टर रोके । उनले तत्कालै उखेलिएको हातसहित छोरालाई लिएर जोधपुरको एक निजी अस्पतालमा पुगे । तर, ढिलो भएका कारण उनको हात जोड्न सकिएन । एक महिनाअगाडिबबलुका हजुरबुवाको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो दुर्घटनामा घाइते उनका काकाको पनि अहिलेसम्म उपचार चलिरहेको छ । source:dcnepal

The post काँधबाट उखेलियो हात, ट्याक्टर चलाइरहेका पितालाई भने ‘मेरो हात पछाडि छोडियो’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.