रणवीर अहिले पनि गोजीखर्चका लागि भन्दै आमासँग थोरै भए पनि पैसा माग्छन्

काठमाडौँ -रणवीर कपुरको अभिनयबारे अधिकांशलाई थाहा छ । तर, उनका कतिपय भित्री रोचक पक्ष कमैलाई जानकारी होला । रणवीरबारे केही रोचक जानकारी यस्ता छन् :

१. रणवीर कपुरको नाम उनका हजुरबाको नामबाट राखिएको हो, जसको पूरा नाम रणवीरराज कपुर थियो ।

२. रणवीर आमासँग निकै लाडिन्छन्, अहिले पनि गोजीखर्चका लागि भन्दै आमासँग थोरै भए पनि पैसा माग्छन् ।

३. परिवारसँगै रहँदा रणवीरको डाइट आमा नीतुले तय गर्छिन् । उनको नङसमेत आमाले नै काटिदिन्छन् ।

४. एकपटक रणवीरले गल्तीबस आफ्टरसेभ लोसन पिएका थिए, तर तुरुन्तै उल्टी भएर गएको थियो ।

५. रणवीर दुई वर्षदेखि तबला बजाउने तालिम लिइरहेका छन् ।

६. उनले आफ्नो पहिलो कमाइबाट एउटा महँगो घडी किनेका थिए ।

७. मोबाइल गेम क्यान्डी क्रस रणवीरलाई निकै मन पर्छ ।

८. सडकमा कार चलाइरहेका वेला उनी अगाडि गुडिरहेका अन्य गाडीका नम्बर प्लेटका अंकहरू जोड्दै हिँड्छन् ।

९. रणवीर शाहरुख खान, रितिक रोशन र सञ्जय दत्तको नक्कल राम्रोसँग गर्न सक्छन् ।

१०. रणवीर विभिन्न व्यक्तिका जीवनी पढ्न रुचाउँछन् । कर्ट कोबेनको बायोग्राफी ‘हेभियर देन हेभन’ उनलाई सबैभन्दा मन पर्ने पुस्तक हो ।

११. खेलमा फुटबल रुचाउने रणवीरको मनपर्ने खेलाडी मेसी हुन् । अभिनयबाट अवकास लिएपछि उनी कुनै फुटबल टिमको कोच बन्न चाहन्छन् ।

१२. न्युयोर्कमा अभिनय र निर्देशन सिक्ने क्रममा रणवीरले करिब ३ सयवटा सर्ट फिल्म बनाएका थिए ।

१३. रणवीर गाउन सक्दैनन् । उनी यो पनि मान्छन् कि गीत गाउन नसक्दा अभिनय करिअर अझै राम्रो हुन सकेन ।

१४. रणवीरलाई पानीदेखि डर लाग्छ । उनी पुल या नदीमा जान डराउँछन् ।

The post रणवीर अहिले पनि गोजीखर्चका लागि भन्दै आमासँग थोरै भए पनि पैसा माग्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.