२८ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण पदक प्राप्त गर्यो

काठमाडौं। संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट कार्तिक ५ गतेसम्म सञ्चालन भएको विश्वस्तरीय सैन्य अभ्यास (Exercise Cambrian Patrol 2017) मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो।

युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिने क्रममा नेपाली सेनाको टोली अब्बल भएको हो।

अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमीटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरू सम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यबस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिएको थियो।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १११ र नेपाल समेत अन्य २८ देशका गरि कूल १३९ सैन्य टोलीहरूको सहभागिता रहेको थियो । उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो ।

प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिने अन्य राष्ट्रको फौज मध्ये करिब ३३ प्रतिशत सहभागीहरूले सो अभ्यास पूरा गर्न सकेका थिएनन् । मित्रराष्ट्र बेलायतमा सैनिक युद्धकलाहरुमा आधारित अभ्यास शुरु भएको ५० वर्षभन्दा बढी भईसकेको छ ।

आफूलाई अव्वल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुको साथै मित्रराष्ट्र बेलायत लगायत अन्य सहभागि सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ।news24nepal

The post २८ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण पदक प्राप्त गर्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.