कुकुरसंग बिहे भयो किशोरीको आखिर किन ??

दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर समाजका कतिपय तप्का अझै पनि हास्यास्पद अन्धविश्वासभित्र जकडिएका छन् । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा रहेको कुप्रथालाई यसैको उदाहरणका रुपमा लिन सकिन्छ ।

यहाँको मान्यता के छ भने यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यो ठूलो अलक्षिन हुन्छ । यो अलक्षिनलाई भगाउनका लागि सो बच्चाको कुकुरसँग बिहे गराइदिने प्रचलन रहेको छ । यही प्रचलन अनुसार आदित्यपुरको कुलुप टाँडामा सोमबार ५ जना बालबालिकाको कुकुरसँग बिहे गराइयो । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाँधिएको हो ।

आफ्ना छोराछोरीलाई कुकुरसँग बिहे गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताए । सानैमा कुकुरसँग बिहे गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई दशाले पछ्याउन नसक्ने यी बाबुआमाको विश्वास छ । यो आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको कयौं वर्ष भइसकेको छ । अहिले यी आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् ।

The post कुकुरसंग बिहे भयो किशोरीको आखिर किन ?? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.