अहिलेसम्म मनले खाने भेटेकी छैन, त्यस्तो आए विवाह गर्छु : पूर्वमिस नेपाल मलिना

पूर्वमिस नेपाल मलिना जोशी अहिले चर्चामा छिन् । चलचित्र अभिनयका कारणले उनी चर्चामा छाहेकी हुन् । उनको अभिनय रहेको दुई चलचित्र ‘लिला’ र ‘रानी’ केही समयको अन्तरालपछि प्रदर्शनमा आउँदैछन् । एकसाथ प्रचार प्रसारमा उत्रिएका दुवै चलचित्रको प्रचार प्रसारमा समय मिलाउन उनलाई अहिले हम्मेहम्मे परेको । मिस नेपाल भएपछि केही म्युजिक भिडियो अभिनय गरेर कलाकारिताको करियर सुरु गरेकी उनले ‘कलिउड’ चलचित्रको आइटम डान्स मार्फत चलचित्र यात्रा सुरु गरेकी हुन् । त्यससपछि ‘ऋतु’, ‘झुम्की’ र ‘द विनर’ चलचित्र उनले अभिनय गरिन् । तर यी सबै चलचित्र बक्स अफिसमा असफल ठहरिए । हेर्दा सुन्दर र राम्रो अभिनय गर्न सक्ने क्षमताकी मलिना प्रदर्शनको तयारीमा रहेका दुई चलचित्रबाट निकै आसावादी छिन् । यी नै अभिनेत्री मलिना जोशीलाई दश प्रश्न ।

तपाईंको चलचित्र ‘लिला’ र ‘रानी’को अहिले प्रचार प्रसारको चलिरहेको छ । समय व्यवस्थापन कसरी गर्नुभएको छ ?

– दुवै चलचित्रको प्रचार प्रसारमा साथ दिन निर्कै गाह्रो परिरहेको छ । केही समयको अन्तरालमा दुई चलचित्र आउँदैछन् । दुवैलाई समय दिनै पर्यो । अहिले मेरो एड क्याम्प पनि चलेको छ । यसमा पनि मेरो उपस्थिति अनिवार्य छ । सकेसम्म सबैतिर समय दिने कोसिस जारी छ ।

तपाईंको फेसनतिरको रुचि ?

– छैन, छैन । मलार्इं जे राम्रो लाग्छ । त्यही पहिरन लगाउँछु । आफूलाई मन पर्यो भने पुरानो पनि लगाउँछु । धेरै मनपर्ने क्यजुअल ड्रेस हो । आफूलाई सुहाउने, राम्रो देखिने भनेको वान पिस, गाउन र सारी नै हो ।

आफ्नो कुन अङ्ग मनपर्छ ?

–आँखा मनपर्छ । सबैले मेरो आँखाको प्रसंशा गर्छन् ।

पूरा नभएको सपना पनि होला नि ?

– त्यस्तो केही छैन । मेरो पहिलो सपना ‘मिस नेपाल’ बन्ने थियो । त्यो पूरा भयो । अहिले कलाकारितामा राम्रो कलाकार बन्ने रहेको छ । त्यो पूरा गर्दैछु । बुबाआमाको सपना भन्नुहुन्छ भने मलाई विवाह गरेर पठाउने रहेको छ । हेरौँ, त्यो कहिले पूरा हुन्छ ।

अभिनयको पहिलो कमाइ केमा खर्च भयो ?

–खै केमा खर्च गरे गरँे । अहिले यादा छैन । त्यस्तो उल्लेखनीय काम गरेकी छैन ।

फुर्सदको समय कसरी सदुपयोग गर्नुहुन्छ ?

– आफ्नो रुममा बसेर फेसबुकमा च्याट गर्छु । युट्युब हेर्छु ।

मनपर्ने हिरो ?

–बलिउड अभिनेता शाहरुख खान ।

कस्ता गीत सुन्ने गर्नुभएको छ ?

– म एकदमै रोमान्टिक मान्छे छु । गीत सङ्गीत पनि यस्तै खालका मनपर्छ र सुन्छु ।

प्रेम परेको छ कि छैन । विवाह कहिले गर्ने ?

–अहिलेसम्म प्रेम परेको छैन । विवाहको कुरो गर्ने हो भने अहिलेसम्म मनले खाने भेटेकी छैन । त्यस्तो आए, विवाह गर्छु ।

रोजेको व्याक्तिसँग डेटको अफर दियो भने ?

– आफूसँगै ‘रानी’ चलचित्रमा अभिनय गर्ने कलाकार सरुक र मनिषसँग जान चाहान्छु ।

साभार : रातोपाटी |

The post अहिलेसम्म मनले खाने भेटेकी छैन, त्यस्तो आए विवाह गर्छु : पूर्वमिस नेपाल मलिना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.