रञ्जु दर्शनाले भनिन् : अहिलेसम्म प्रेमको अनुभव छैन

काठमाडौं, असोज २८ – ‘प्रेमलाइ अनुभव गर्न सकिन्छ तर परिभाषित गर्न सकिँदैन’ अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ को सार्वजनिक कार्यक्रममा रञ्जु दर्शना भन्दै थिइन् ।

काठमाडौंको मेयरमा विवेकशील पार्टीका तर्फबाट उम्मेदवारी दिएका कारण निकै नै चर्चामा आएकी दर्शनाले आफूले भने प्रेमको अनुभव लिन नपाएको बताइन् । प्रेमका पनि विभिन्न प्रकार हुने बताउँदै उनले चुनाव प्रचारप्रसारको समयमा नागरिकहरुबाट पाएको स्नेहलाई भने बिर्सन नसक्ने बताइन् ।

लामो समय पत्रकारितामार्फत विशेष गरी युवा पुस्ताका विषयमा कलम चलाएका अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विमोचन गरिएको थियो । नायिका बेनिसा हमाल, पत्रकार स्वेच्छा राउत, रेडियोकर्मी महावीर विश्वकर्मा र लेखक कोइरालाले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।

पुस्तकका बारेमा बोल्दै महावीर विश्वकर्माले कोइरालाले प्रेम निरपेक्ष हुँदैन भनेर देखाउन खोजेको बताए । प्रेमलाई प्रस्तुत गर्ने क्रममा उपन्यासकार केही ठाउँमा चुकेको महावीरले बताए । उनले उपन्यासका केही पात्रहरुले रोजेको बाटो विकृतिजन्य भएको बताउँदै यसबाट पाठकले केही पनि सिक्न नसक्ने बताए । प्रेम गम्भीर विषय भएकाले यसका बारेमा डिस्कोर्स चलाइराख्नु पर्ने पनि महावीरको भनाई थियो ।

त्यस्तै पत्रकार स्वेच्छा राउत ‘प्रेमालय’ ले प्रेमलाई हेर्ने वैकल्पिक दृष्टिकोण प्रस्तुत गरेको बताइन् । नायिका बेनिसा हमालले अश्विनी कोइरालाका पुस्तकले युवाका विषयलाई उठान गरेको बताइन् ।

बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘प्रेमालय’ को मूल्य ३३३ रुपैयाँ रहेको छ । ‘प्रेमालय’ का लेखक अश्विनी कोइरालाको गैरआख्यान ‘उनी’ र कथासंग्रह ‘जुकरबर्ग क्याफे’ प्रकाशित छन् ।

The post रञ्जु दर्शनाले भनिन् : अहिलेसम्म प्रेमको अनुभव छैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.