कतारमा नवलपरासीका एक युवकको मृत्यु भएपछि गाउँ शोकमा डुब्यो

मो. ईजहार शेष/असोज २२, नवलपरासी । बैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीको एक युवकको ज्यान गएको छ ।

सरावल गाउँपालिका–४ बडसारका प्रहलाद केवटका ३६ वर्षिय छोरा नरसिहं केवटको मृत्यु भएको हो । कतारको क्यालिबर ट्रेडिङ्ग एण्ड कन्ट्राक्टीङ्ग कम्पनीमा पलास्टर वर्करको रुपमा कार्यरत रहेका नरसिंह काबेली ह्युमन सिसोर्स प्रालीबाट वि.सं. २०७३ जेष्ठ २१ गते कतार गएका थिए । उनको मृत्यु गत असोज १५ गते आईतबार भएको हो ।

सरावल गाउँपालिका–४ बडसारका अन्य युवाहरुको सहयोगमा त्यँहा स्थित नेपाली दुताबाश र कम्पनीसँग समन्वय गरेर शब नेपाल ल्याउने प्रक्रिया चलिरहेका कतारमा रहेका मृतक केवटका साथीहरुले बताएका छन् । यद्यपी मृत्युको कारण भने अझै यकिन हुन नसकेको बताईएको छ । नरसिंह यसअघि पनि रोजगारीकै लागि मलेसिया गएका थिए ।

नेपालबाट स्वास्थ्य परिक्षणमा सफल भएर मलेसिया गएका नरसिंह त्यँहा स्वास्थ्य परिक्षणमा फेल भएपछि १५ दिन भित्रै नेपाल फिर्ता आएका थिए । मलेसियाबाट फिर्ता आएपछि उनको दुईलाख भन्दा बढि ऋण भएको थियो ।

छ महिनापछि अझै ऋण थपेर उनि कतार गएका थिए । अहिले सात लाखभन्दा बढि ऋणमा डुबेको पारिवारिक स्रोतले जनाएको छ । तर कतारको चर्काे घाममा कन्सट्रक्सन काममा पनि कडा मेहनत गरेर राम्रो कमाई नभएको र ऋण दिनप्रति दिन बढ्दै गएपछि नरसिंह केही दिनबाट तनाबमा हुने गरेको उनका साथीहरुको भनाई छ ।

नरसिंहको दुईवटा छोरा र एउटा छोरी रहेका छन् । नरसिंहको राहदानी नम्बर ८३३९४६७ रहेको छ । मृत्युको खबर आएको एक हप्ता भएपनि शब अझै आई नसकेकाले परिवारसहित गाउँनै शोकमा डुबेको छ ।

The post कतारमा नवलपरासीका एक युवकको मृत्यु भएपछि गाउँ शोकमा डुब्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.