सिस्नु खानुको फाइदा र पकाउने तरिका ! पढ्नुहोस अनि शेयर गर्नुहोस

नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । आज हामी सिस्नु खाँदा हुने फाइदा र पकाउने तरिकाको बारेमा उल्लेख गर्छौँ ।

मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।

सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ ।
सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।

सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ । विभिन्न आयुर्वेदिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ ।

सिस्नु पकाउन तरिका
पात वा मुना कलेक्सन गरेर सफा गर्ने । पातको मात्राअनुसार सिस्नु पानीमा उमाल्दै पकाउने । सिस्नु पकाउँदा फिट्केले फिट्दै उमाल्दै पकाउने । मुना वा सिस्नु राम्रोसँग नपाकेसम्म निरन्तर फिटिराख्दा राम्रो हुन्छ । सो घोल अलि बाक्लो सुपजस्तो भएपछि त्यसलाई सेवन गर्न सकिन्छ ।

सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाउन सकिन्छ । यसलाई आफूलाई मनपरेको अन्य तरकारीसँग मिसाएर खान सकिन्छ ।

सिस्नुको पिठो अहिले बजारमा सजिलै पाउन सकिन्छ । त्यस्तै, पिठो दाल पकाउँदा मिसाएर पनि सेवन गर्न सकिन्छ ।
वनपाखामा पाइने भएकाले पात र मुना खाँदा सरसफाइमा भने ध्यान दिनुपर्छ । यसलाई आगोको धुवाँ लगाएर किरा फट्यांग्रा हटाउने चलन पनि छ ।

The post सिस्नु खानुको फाइदा र पकाउने तरिका ! पढ्नुहोस अनि शेयर गर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.