माया – प्रेममा ब्रेकअप सँग जोडिएको एक रिसर्चले अचम्म लाग्दो निश्कर्ष निकालेको छ । किन ब्रेकअप हुन्छ त मायाप्रेममा ? रिसर्च अनुसार धेरै माया नै ब्रेकअपको पहिलो कारण बनेको छ ।
केहि समयअघि मिशिगन युनिभर्सिटिको ह्युम्यान साईकोलोजी डिपार्टमेन्टले प्रकाशित गरेको एक रिपोर्ट अनुसार ज्यादा मायालाई ब्रेकअप हुनुको पहिलो कारण मानेको छ । बिशेषज्ञका अनुसार युरोप अमेरिका लगायत आधुनिक संस्कार – संस्कृति अंगालेका देशहरुमा धेरैजसो सम्बन्धबिच्छेद हुनुमा आफ्नो जिबनसाथी लाई लिएर ज्यादा संबेदनशिल हुनु प्रमुख कारण हो ।
आफ्नो प्रेमि/प्रेमिका लाई धेरै माया गरिन्छ र उबाट पनि त्यस्तै मायाको आशा गरिन्छ, तर आफ्नो पार्टनरलाई यो कुराको यादै हुँदैन र उसले आफुले पाएको अथाह मायाको अत्तोपत्तो नै पाउँदैन । बदलामा एकोहोरो माया गरिरहने मानिसलाई आफ्नो मायाको अबमुल्यन भैदिदा उसमा बितृस्णा पैदा हुन जान्छ र उसलाई यो कुराले निराशा पैदा गर्छ ।
बैबाहिक जिबन होस् या प्रमि-प्रमिका बीच खट्पट र बिबाद बढ्दै गएर सम्बन्धबिच्छेद सम्म हुनपुग्छ । रिसर्चले भनेको छ सम्बन्ध दिगो बनाउँन एकले अर्काको मायाप्रेम र भाबना बुझ्ने आफुले पाएको माया-स्नेहको बदला आफ्नो पार्टनरलाई पनि सक्दो माया र खुशी दिने।
आफ्नो पार्टनरको आफूप्रतिको संबेदनशीलता नबुझ्ने र सम्बन्धलाई हल्का रुपमा लिएर वास्तै नगर्ने हो भने कुनैपनि बेला आफ्नो सम्बन्ध सकिन्छ भन्ने कुरा हमेशा याद राख्नुस।
The post सम्बन्ध बिग्रनुको पहिलो कारण हो “धेरै माया गर्नु” appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.