बुध्द एयरले तीन वटा एयरबस जहाज किन्ने

काठमाडौं- बुध्द एयरले २० वर्षे यात्रा पुरा गरेको छ। बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट शुभारम्भ गरेको थियो। सो उडान करिब १ घण्टाको थियो।

मुलुकका सुगम विमानस्थलहरुमा उडान भर्ने बुध्द एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ। एउटा विमानबाट सेवा शुरु गरेको बुध्द एयरले हाल २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेका छन्। अर्को एटीआर जहाज २०१८ जनवरीको दोस्रो साता आइपुग्ने कम्रपनीले जनाएको छ। अर्को जहाज जुन महिनाभित्र ल्याउने योजना रहेको मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीले बताए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुध्द एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपिले संस्था एयरबससँग पनि आन्तरिक सल्लाह र तयारी गरिरहेको जनाएको छ। उडानका लागि बुध्द एयरले एयरबसका ३२० फेमिलि सिरिजका जहाज पनि ठम्याइसकेको छ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आश गर्दै सन् २०२१ को अगस्त १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना रहेको बुध्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन्। आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवाहरु विस्तार गर्ने योजना रहेको उनले सुनाए nagariknews

The post बुध्द एयरले तीन वटा एयरबस जहाज किन्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.