फेसबुकमा भेटियो यस्तो मनछुने कुरा, एकछिन पढ्ने की ?

विवाहको पहिलो रात श्रीमान श्रीमती बीच एउटा शर्त भयो कि जो सुकै आओस कसैलाई ढोका नखोलिदिने । त्यही रात केटाको बा आमा आफ्नो छोरालाई भेट्न भनी कोठामा आए । ढोका ढकढक्याउदा उनिहरु श्रीमानले श्रीमतीको अनुहार हेर्यो दुवै मुखामुख गरे तर छोराले ढोका खोलेन भित्रबाट नै गफ गर्यो किनकि उ चाहादैन थियो श्रीमतीको मन नदुखोस र वचन पनि नतोडियोस । बा आमा बाहिरबाटै गफ गरेर फर्किए ।

पुनः केहीबेरमा श्रीमतीका बा आमा छोरीलाई भेट्न भनेर आए । ढोका ढकढक्याए । फेरि श्रीमान र श्रीमती हेराहेर गरे । दुवैले शर्त पनि याद गरे । श्रीमती श्रीमान नजिक आउछे र आँखा भरी आँसु बनाउदै भन्छे : म मेरा बा आमालाई यसो गर्न सक्दिन भन्दै ढोका खोलिदिन्छे । छोरीले बा आमालाइ भेट्छे । श्रीमान केही बोल्दैन उ चुप बसिरहन्छ ।

केही बर्षमा उनीहरुको जुम्ल्याहा छोरा जन्मिन्छन । परिवार खुब खुसी हुन्छ । पुनः केही बर्षमा छोरी जन्मिन्छे । बुबा अत्याधिक खुशी हुन्छ । खुशी थाम्न नसकेर गाउँलेलाइ भोज खुवाउँछ । श्रीमती अचम्ममा पर्छे र सोध्छे छोरा जन्मदा चाहिँ वास्ता गर्नु भएन छोरी जन्मँदा चाहिँ किन यो भोज ? श्रीमानले जवाफ दिन्छ ” यही सन्तान हो जसले मलाई कुनैदिन ढोका खोल्दिनेछे । ” त्यसैले……….
छोरी भाग्यमानीको नसिबमा मात्र हुन्छ

The post फेसबुकमा भेटियो यस्तो मनछुने कुरा, एकछिन पढ्ने की ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.