दुनियाँलाई पछी पार्दै नेपाल बन्यो विश्वकै पहिलो नम्बर.

बीबीसी

तपाईंलाई कुनै एयरपोर्ट किन याद हुन्छ ? कुनै यात्रीलाई एयरपोर्टको लामो लाइन, एजेन्टका अनुहार, महँगा सामान वा फ्लाइटमा भएको ढिलाइ वा त्यसको लाउन्जका कारण सम्झिरहन्छन् ।

जब बीबीसी ट्राभलले यो प्रश्न वेबसाइट क्योरा डटकममा हाले तब मानिसहरुले एयरपोर्टको टेकअफ वा ल्याण्डिङको विशेष अनुभवका कारण याद हुने बताए ।

साधारणतया एयरपोर्टको रनवेको लम्बाई १८ सय मिटरदेखि २४ सय मिटरसम्म हुन्छ । तर जुन ६ रनवेको क्योरा प्रयोगकर्ताले सेलेक्ट गरे, ती लम्बाईमा मात्र छोटो नभई खतरनाक स्थानमा पनि छन् ।

१. नेपालः तेन्जिङ हिलारी एयरपोर्ट

नेपालको तेन्जिङ हिलारी एयरपोर्टको रनवेलाई तपाईं रोमाञ्चकताको दोस्रो नाम भन्न सक्नुहुन्छ । हिमालको चुचुराका बिचमा बसेको शहर लुक्लामा छ ४ सय ६० मिटर लामो रनवे ।

जसका कारण यहाँ साना विमान र हेलिकोप्टर मात्र ल्याण्ड गर्न सक्छ । रनवेको उत्तरमा हिमालका चुचुरा छन् भने दक्षिणमा ६ सय मिटर गहिरो खाल्डो । एउटा गल्ती दुर्घटनाका लागि जिम्मेवार हुनेछ ।

क्योरा वेबसाइटको प्रयोग गर्ने एमी रबिन्सन भन्छिन्, ‘सगरमाथा चढ्ने मानिसहरु यसै एयरपोर्टमा उत्रिनुपर्ने हुन्छ । संसारको सबैभन्दा खतरनाक एयरपोर्टमध्ये एक हो यो ।’

२. स्कटल्याण्डः बारा एयरपोर्ट

नेपालको भन्दा निकै भिन्न छ स्कटल्याण्डको बारा एयरपोर्ट । समुन्द्रमा ज्वाराभाटा आउँदा यो एयरपोर्ट पानीमा डुब्ने गर्दछ ।

यो एयरपोर्ट ट्रेग मोर समुन्द्री तटमा बनेको छ । बाराद्वीपमा रहेको यो रनवे त्रिकोणीय आकार बनाउँछ र यहाँ काठका पोल लगाइएका छन् ता कि विमानलाई बालुवामा ल्याण्ड गर्न सजिलो होस् ।

३. माल्दीभ्यः माले एयरपोर्ट

माल्दीभ्सको माले अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न पाइलटका लागि निकै चुनौतीपूर्ण हुन्छ ।

यो संसारको एक्लो यस्तो एयरपोर्ट हो जुन अल्कत्राबाट बनेको छ र समुन्द्री तटबाट केवल दुई मिटर उचाइमा रहेको छ ।

यो एयपोर्ट द्वीपको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म जाने गर्दछ । पाइलटको एउटा मात्र गल्तीले हवाईजहाज सिधा हिन्द महासागरमा गएर खस्छ ।

क्योरा वेबसाइट प्रयोग गर्ने पीटर बास्करविल भन्छन्, ‘यो संसारको एउटा यस्तो एयरपोर्टमा समावेश छ जुन पानीबाट सुरु भएर पानीमा नै समाप्त हुने गर्दछ ।’

हुलहुले द्वीप त्यो समूहको हिस्सा हो जुन ९० हजार वर्गको दायरामा फैलिएको छ । यसमा कूल १ हजार एक सय ९२ द्वीप छन् । हुलहुले द्वीपको पूरा प्रयोग यो एयरपोर्टका लागि मात्र गरिएको छ ।

यहाँ उत्रिएपछि पर्यटकले स्पिडबोर्डको मद्दतले आफ्नो गन्तव्यमा जाने गर्दछन् ।

४. साबाः इरास्किन एयरपोर्ट

क्यूरोका एक अन्य प्रयोगकर्ता धारिया मानेकका अनुसार क्यारेबियाली द्वीप साबाको जूयानको ई इरासकिन एयरपोर्टमा ल्याण्ड गर्नु कमजोर मुटु भएका मानिसको वशको कुरा होइन ।

यो एयरपोर्टको रनवे व्यवसायिक उडानका लागि प्रयोग गरिएको रनवे मध्येको सबैभन्दो सानो हो । यो रनवेको लम्बाई करिब ३ सय ९६ मिटर हो । साधारण रनवे १८ सय मिटरदेखि २४ सय मिटरको लम्बाईमा हुने गर्दछ ।

यसको अर्थ यो हो कि यहाँ केवल साना विमान जसको गती तीब्र रुपमा कम हुन सक्छ, त्यसले मात्र अवतरण गर्न सक्छन् ।

यो रनवे जति सुन्दर छ, त्यती नै खतरनाक पनि । मानेक भन्छन्, ‘यो रनवे एक पर्वतीय चट्टानमा बनेको छ जुन तीन तर्फबाट समुन्द्रमा घेरिएको छ र एकतर्फ हिमालको चुचुरो छ । यहाँ जेट विमान अवतरण गर्न सक्दैनन् ।’

५. अमेरिकामा सबैभन्दा अग्लोः कोलोराडो एयरपोर्ट

यो अमेरिकाको कोलोराडोस्थित टेलूराइड रिजनल एयरपोर्ट २,७६७ मिटरको उचाईमा छ र उत्तर अमेरिकाको सबैभन्दा अग्लो व्यवसायिक एयरपोर्ट हो ।

क्योराकी प्रयोगकर्ता इरिन विटलक भन्छ्,ि ‘यहाँ अवतरण गर्नु भनेको नसा खुम्चिने अनुभव हो । तर यो निकै सुन्दर छ ।’

टेलुराइडको सिंगल रनवे, चट्टानयुक्त पर्वतको एक हिस्सामा बनेको छ । यसको अगाडि ३ सय मिटरको गहिराइमा सान मिगुल नदी बग्ने गर्दछ ।

यद्यपी, सन् २००९ मा पुनर्निर्माण गरेर यो रनवेलाई सुरक्षित बनाइएको छ । अब यहाँ ठूला विमानले पनि उडान भर्न सक्छन् ।

एयरापेर्टका अधिकारीले सिंगल र लाइट ट्वीन इन्जिन भएका विमानले रातको समयमा उडान नभर्न सल्लाह दिन्छन् । त्यहाँ ३० नाटभन्दा बढिको हावा र १५ माइल्सभन्दा कम भिजिबिलिटीमा उडान भर्न पनि अनुमती छैन ।

हंगकंगः काई टाक

हंगकंगको काई टाक एयरपोर्ट निकै खतरनाक थियो । यति खतरनाक कि यात्रीहरु यहाँ ल्याण्ड गर्नुलाई काई टाक हार्ट अट्याक भन्दथे ।

क्योराका प्रयोगकर्ता जेय वाकर भन्छन्, ‘अब यो एयरपोर्ट प्रयोगमा छैन तर सन् १९२५ देखि १९९८ सम्म यहाँ विमान अवतरण गर्ने र उडान भर्ने गर्दथे । यहाँबाट उडान भर्नु र अवरतरण गर्नु संसारको आश्चर्यमध्येको एक थियो । यसको दुबैतर्फ ठूला भवन थिए । विशेषगरी ७४७ विमान अवतरण गर्नु यहाँ सबैभन्दा भयानक अनुभव थियो । उडान भर्ने र उत्रने बेला विन्डो सिटबाट तपाईं मानिसहरुको घरभित्र के भइरहेको छ, त्यो स्पष्टसँग देख्न सक्नुहुन्थ्यो ।’

The post दुनियाँलाई पछी पार्दै नेपाल बन्यो विश्वकै पहिलो नम्बर. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.