आङै सिरिङ्ग हुने संसारका १२ खतरनाक सडक, झिमिक्क गर्यो कि ज्यान गयो, भन्नुहोस नेपालको कुन ठाउँ छ खरताजनक सडक ?

सवारी दुर्घटनाकै कुरा गर्ने हो भने नेपालका सडक विश्वकै खतरनाक सडकहरुमा पर्देछन्। तर नेपाल बाहेक संसारका यस्ता सडक छन्, जहाँ चालकले ध्यानपूर्वक गाडी नचलाइ सुखै छन्, यहाँ लापरवाही गाडी चलाउने नसोच्दा पनि हुन्छ । यी हुन् विश्वका खतरनाक १२ सडक:

१. स्टेल्भियो पास -करिब ९०४५ फिट उचाइमा रहेको उत्तरी इटालीको यो सडक एकदमै खतरनाक मानिन्छ । भिरालो जमिनमा ६० देखि १८० डिग्रीमा घुमाउरो आकारमा बनेका छ । यस सडकमा कसैले पनि लापरवाही गाडी हाँक्न सक्दैन ।

२.मेक्सिकन हाइवे क्यालीफोर्निया -पेन्निसुला देखि कावो सान लुकाससम्म फैलिएको यो सबैभन्दा लामो हाइवे दुइ लेनको सडक हो । यस सडक निर्माण योजना सन् १९७३ मा पुरा भएको थियो । पहाडै पहाडको विचमा रहेको यस सडकमा गाडी गुडाउनु अति नै जोखिमपुर्ण मानिन्छ ।

३. उत्तरी युगास रोड, बोलीभिया -यस रोडलाई डेथ रोड भनेर पनि चिनिन्छ । दुर्घटनाबाट वर्षेनी २०० देखि ३०० यात्रुको ज्यान लिने यस रोडलाई विश्वकै खतरनाक रोड मानिन्छ ।

४. जेम्स डाल्टन हाइवे अलाश्का -करिब ६६७ किलोमिटर लामो यो सडक प्रशान्त महासागर नजिकै पर्छ । रोडा र वालुवाकोबीचमा बनेको यो सडकमा हावाहुरी चलेपछि पुरै नक्सा बदलिन्छ र यात्रा गर्न कठिन पर्छ । हावाहुरीले वरिपरीको वालुवा उडाउँदा गाडी हाँक्न कठिनाइ उत्पन्न गराउँछ।

५. काराकोरम हाइवे, पाकिस्तान सरकारले फ्रेन्सिप हाइवेको नाम दिएको यो सडक एक खतरनाक रोड हो । यसले चीन र पाकिस्तानलाई जोड्छ । यस सडक पर्यटकको आकर्षकको मुख्य केन्द्रविन्दु मानिन्छ ।

६. गोलीयाङ टनेल चीन -पहाड र चट्टान फोडेर बनाइएको यो रोड चीनमा पर्दछ । निर्माणको समयमा कैयौ मान्छेको ज्यान गएको थियो । हेर्दै आङ जिरिङ्ग हुने यो रोड एकदमै खतरनाक मानिन्छ ।

७. स्किपर्स क्यानोन रोड: न्युजिल्याण्ड यो रोड एकदमै डरलाग्दो छ । एकदमै साघुरो र चट्टानको विचबाट बनाइएको यस सडकमा अत्याधिक मात्रामा गाडी दुर्घटना हुने गर्दछ ।

८. जोहि पास,भारत भारतको कास्मिरस्थित जोहिला क्षेत्रमा पर्ने यो सडक पहाडै पहाडको विचमा बनेको छ । करिब ३५२८ किलोमिटर लामो यो सडक गाडि हाक्न नमिल्ने भएपछि जाडो महिनामा बन्द हुन्छ ।

९. एट्लान्टिक हाइवे नर्वे -समुद्रको विच हुदै जाने यो हाइवे २० औ शताव्दीमा बनाइएको हो । वेपरवाह चल्ने यस हाइवेमा गाडि कुदाउन एकदमै चुनौतिपुर्ण मानिन्छ । पर्यटकको मुख्य आकर्षक समेत मानिने यस सडकलाई हाल सांस्कृतिक सम्पदाको सुचिमा राखिएको छ । साथै कतिपय फिल्म सुटिङका लागी फिल्मकर्मी यहाँ पुग्ने गर्दछन् ।

१०.रोड १३ हिरोज -१३ जनाले मात्र बनाएको भएर यस रोडलाई द रोड १३ हिरोज भनेर चिनिन्छ । यहाँ निकै लामो ट्राफिक जाम हुन्छ । करिब १२५० मिटर लामो यो रोड भित्री सुरुङ मार्ग हुदै जाने गर्दछ। विश्वकै खतरनाक र युनिक मानिने यस सडकमा ट्राफिक जाम र सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने गर्दछ ।

११. टायमेन रोड चीन – घुमाउरो र भिरालो ठाउँमा बनेकाले यो सडक पनि विश्वकै खतरनाक सडक अन्तर्गत पर्दछ ।

१२. लुक्सर रोड: दक्षिण इजिप्टको प्राचिन शहरमा पर्ने यस सडकलाई डेथ ट्रयाप पनि भन्ने गरिन्छ । हेर्दै खतरनाक लाग्ने यस रोडमा गाडि फसेर दुर्घटना हुने गर्दछ । यो एकदमै डरलाग्दो सडक हो ।

The post आङै सिरिङ्ग हुने संसारका १२ खतरनाक सडक, झिमिक्क गर्यो कि ज्यान गयो, भन्नुहोस नेपालको कुन ठाउँ छ खरताजनक सडक ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.